कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६१

नेपालमा हुवावेको दोस्रो ‘सिड्स फर द फ्युचर’ कार्यक्रम सुरु

काठमाडौँ — हुवावेले नेपालमा दोस्रो सिड्स फर द फ्युचर कार्यक्रम सुरु गरेको छ । कम्पनीले ग्लोबल फ्ल्यागसीप सीएसआर कार्यक्रम नेपालमा पनि गर्दै आएको छ । हुवावेले नेपालमा कार्यक्रम सुरु गरेको यो दोस्रो वर्ष हो । यो कार्यक्रम नेपालका सबै आईसीटी सम्बन्धी विषयका स्नातक तहका विद्यार्थीलाई लागू हुने कम्पनीले जनाएको छ । 

नेपालमा हुवावेको दोस्रो ‘सिड्स फर द फ्युचर’ कार्यक्रम सुरु

कार्यक्रम पहिलो पटक थाइल्याण्डमा २००८ मा सुरु भएको थियो । यस वर्ष प्रतिस्पर्धात्मक आवेदन प्रक्रियाबाट छनोट भएका नेपालका ७ जना विद्यार्थीले अगस्ट १९ देखि अगस्ट २७ सम्म बैंककमा हुने पहिलो क्षेत्रीय कार्यक्रममा सहभागी हुन पाउनेछन् ।कार्यक्रमले विद्यार्थीलाई नेपालको आईसीटी उद्योगमा अन्तरदृष्टिहरू प्रदान गर्ने र बैंककको ९ दिनको यात्रा गर्ने अवसर प्रदान गर्नेछ ।

बैंककमा विद्यार्थीहरुले फाइभजी, क्लाउड कम्प्युटिङ र एआई लगायत प्रमुख प्रविधिहरूमा प्रवेशस्तरका पाठ्यक्रमहरू प्राप्त गर्नेछन् । अत्याधुनिक आईसीटी विकासबारे जान्नेछन् । एसिया प्यासिफिक क्षेत्रबाट साथीहरू बनाउनेछन् र टेक फोर गुड समूह परियोजनामा भाग लिनेछन् । नेपालमा सम्बद्ध विद्यार्थीले कार्यालयको भ्रमणमार्फत आईसीटी उद्योगमा सुरुवाती कदम चाल्ने मौका पाउने छन् । उद्योग विशेषज्ञहरूबाट कक्षाहरू र रमणीय स्थानमा हुवावे निर्मित बेस स्टेसनको यात्रा कार्यक्रम पूरा भएपछि विद्यार्थीहरु आलुमनाइमा सामेल हुनेछन् जहाँ विशेष वेबिनारहरू, राउन्ड टेबल संवाद, उत्सव कार्यक्रम आदि सबै वर्षभर आयोजित हुने कम्पनीले जनाएको छ ।

प्रकाशित : जेष्ठ १८, २०७९ १३:३४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?