‘डिजिटल इकोनोमी कन्क्लेभ’ जेठ २० गते हुने

काठमाडौँ — डिजिटल अर्थतन्त्रबारे नीतिगत बहसका लागि आउँदो साता ‘डिजिटल इकोनोमी कन्क्लेभ’ हुने भएको छ । ब्रान्डवर्थ प्रालिको आयोजनामा जेठ २० गते हुने यो कन्क्लेभमा  डिजिटाइजेसनका पछिल्ला संभावना, अवसर तथा चुनौतीहरुका बारेमा प्रमुख सरोकारवालाले बहस गर्नेछन् ।

‘डिजिटल इकोनोमी कन्क्लेभ’ जेठ २० गते हुने

यस वर्षको कन्क्लेभको मुख्य उद्देश्य कोभिड १९ प्रभावबाट सामान्यकृत हुँदै गएको आर्थिक गतिविधि र जनजीवनमा डिजिटाइजेसनलाई कसरी आर्थिक वृद्धि र सामाजिक न्याय प्राप्तिका लागि प्रयोग गर्ने भन्ने रहेको सीइओ मोहन गजुरेलले जानकारी दिए ।

कन्क्लेभको दोस्रो स‌ंस्करणमा ‘बदलिँदो समय, बदलिँदो अर्थतन्त्र’, ‘क्रिएटिङ इम्प्याक्ट्स ह्वाट लास्ट’, ‘नेपाल–सानाबजार कि असीमित संभावना?’ तथा ‘नेपाली यूनिकर्न कहिले ?’ विषयका चार सत्रहरु हुनेछन् ।

प्रकाशित : जेष्ठ १३, २०७९ १६:०४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?