कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

६००० एमएएच पावर ब्याट्रीको साथ रेड्मी १० बजारमा

काठमाडौँ — साओमीले रेड्मी १० फोन नेपाली बजारमा सार्वजनिक गरेको छ । रेड्मीको यो उपकरणमा फ्ल्यागसिप उपकरणहरूमा पाइने स्न्यापड्रागन ६८० र ६ एनएम प्रोसेसर रहेको छ । प्रोसेसर स्न्यापड्रागन ६८० र ६००० एमएएच पावरको ब्याट्री यसमा छ ।  १७.०४ सेन्टिमिटर डिस्प्ले र ५० एमपी डबल क्यामेरा समावेश गरिएको छ । 

६००० एमएएच पावर ब्याट्रीको साथ रेड्मी १० बजारमा

नयाँ रेड्मी १० को पछाडि जडान गरिएको ठूलो क्यामेराको साथमा फिंगरप्रिन्ट स्क्यान गर्ने स्पेस छ । फोन १.१३ एमएम मोटाइ र २०३ ग्राम वजन छ । रेड्मी १० मा ६ जीबीसम्मको र्‍याम र १२८ जीबी आन्तरिक स्टोरेज छ । कुल तीन सेन्सरहरू छन् । पछाडिको डुअल क्यामेरा सेटअपमा ५० एमपी प्राइमरी सुटर र २ एमपी डेप्थ क्यामेरा समावेश छ भने सेल्फी र भिडियो कलहरूको लागि ५ एमपी क्यामेरा समावेश छ । रियर र फ्रन्ट क्यामेरा दुवैबाट ३० एफपीएसमा १०८० पी भिडियो खिच्न सकिन्छ । रेड्मी १० नेपाली बजारमा मिडनाइट ब्ल्याक, प्यासिफिक ब्लु, करेबेयन ग्रीनमा उपलब्ध छ । ४/६४ जीबी संस्करणको मूल्य १८ हजार ९९९ रुपैयाा र हाई–एन्ड ६/१२८ जीबी संस्करणको मूल्य २१ हजार ९९९ रुपैयाा तोकिएको छ ।


प्रकाशित : जेष्ठ १२, २०७९ १८:१२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?