कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

यामाहाको नयाँ बाइक एफजेड एक्स १५० नेपाली बजारमा

काठमाडौँ — यामाहाको पहिलो ‘नियो रेट्रो’ बाइक एफजेड एक्स १५० विशेष सुविधासहित नेपाली बजारमा आएको छ । यामाहाको आधिकारिक बिक्रेता एमएडब्लू इन्टरप्राइजेजले यो बाइकको बिक्री वितरण सुरु गरेको छ ।  यो बाइकमा एलसीडी मिटर र ब्लुटूथ कनेक्टिभिटीजस्ता स्मार्ट सुविधा तथा क्लासिक डिजाइन सम्मिलित गरी तयार पारिएको छ ।

यामाहाको नयाँ बाइक एफजेड एक्स १५० नेपाली बजारमा

‘राइड फ्री’ अवधारणाका साथ तयार पारिएको मोटरसाइकल विशेषगरी स्वतन्त्र, सहज र आरामदायक यात्रा गर्न रुचाउने बाइकप्रेमीलाई लक्षित गरी बनाइएको कम्पनीको दावी छ । न्यू एफ जेड एक्स १५०, फ्युल इन्जेक्टेड र भारत स्टान्डर्ड ०६, एयर कुल्ड, १५० सीसी ब्लू कोर इन्जिन र ५ स्पीड गियर बक्सका साथ तयार पारिएको छ । यसले ७२५० आरपीएममा १२.४ पीएस अधिकतम पावर तथा ५५०० आरपीएममा १३.३ एनएम टर्क जेनेरेट गर्दछ ।

आइतबारबाट नेपालभरका यामाहाका सोरुममा उपलब्ध हुने जनाइएको एफजेड एक्स १५० को मूल्य ४ लाख २६ हजार ९ सय तोकिएको छ । यसका अतिरिक्त, कम्पनीले आफ्नो नयाँ स्किम ‘रोड टू मोटो जीपी’ पनि सार्वजनिक गरेको छ । यस स्किममा चार भाग्यशाली विजेताले यामाहा प्याडकबाट च्याङ अन्तर्राष्ट्रिय सर्किट, थाइल्याण्डको प्रत्यक्ष मोटोजीपी प्रसारण हेर्ने सुवर्ण अवसर पाउने कम्पनीको भनाइ छ ।


प्रकाशित : जेष्ठ १२, २०७९ १४:०९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?