१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५२

काठमाडौंमा नेपाल बैंकका एकै दिन खुले ४ नयाँ शाखा  

काठमाडौँ — नेपाल बैंकले काठमाडौं उपत्यकाका विभिन्न स्थानमा एकैदिन चार वटा नयाँ शाखा सञ्चालनमा ल्याएको छ । बैंकले टोखा नगरपालिका वडा नं. ६ टोखा रोडस्थित ग्रिनल्याण्डमा, नागार्जुन नगरपालिका वडा नं.१ स्थित रानीवन चोकमा, काठमाडौं महानगर १३ को रिङ्गरोड सितापाइला चोकमा र काठमाडौं महानगर ९ स्थित पुरानो बानेश्वरमा नयाँ शाखा सञ्चालनमा ल्याएको हो । 

काठमाडौंमा नेपाल बैंकका एकै दिन खुले ४ नयाँ शाखा  

यससँगै नेपाल बैंकको शाखा संख्या २१७ पुगेको छ । ग्रिनल्याण्ड शाखाको नेपाल सरकारका सचिव एवम् बैंक सञ्चालक समितिका अध्यक्ष सुमनराज अर्याल र टोखा नगर प्रमुख प्रकाश अधिकारीले संयूक्त रुपमा उदघाटन गरे । अन्य तीन शाखाहरुमा सफ्ट लञ्च सहित कारोबार सुरुवात गरिएको बैंकले जनाएको छ । बैंकले देशभर २१७ शाखाहरु, १७९ एटीएम मेसिनका साथै ४८ वटा एक्सटेन्सन काउन्टर मार्फत करिब २० लाख ग्राहकलाई सेवा प्रदान गर्दै आएको छ ।


प्रकाशित : जेष्ठ १२, २०७९ १३:३१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?