३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३२७

एनआईसी एसिया बैंकको नायब प्रमुख कार्यकारीमा सन्तोष कुमार राठी नियुक्त

काठमाडौँ — एनआईसी एसिया बैंकको सञ्चालक समितिको ५४५ औं बैठकले सन्तोष कुमार राठीलाई नायब प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरेको छ । बैंकको सहायक प्रमुख कार्यकारी अधिकृतको रुपमा कार्यरत रहेका उनलाई नेपाल राष्ट्र बैंकबाट जारी गरिएको एकीकृत निर्देशन बमोजिम सञ्चालक समितिले साउन १ देखि लागू हुनेगरी नायब प्रमुख कार्यकारी अधिकृतको पदमा नियुक्त गर्ने निर्णय गरेको हो । 

एनआईसी एसिया बैंकको नायब प्रमुख कार्यकारीमा सन्तोष कुमार राठी नियुक्त

२०६४ मंसिर १९ देखि तत्कालीन बैंक अफ एसिया विराटनगर शाखाको प्रबन्धक जिम्मेवारीबाट बैंकको सेवामा जोडिएका राठी बैंकको विराटनगरस्थित प्रादेशिक कार्यालयको प्रमुख, विभिन्न इकोसिस्टमको प्रमुख र बैंकको सहायक प्रमुख कार्यकारी अधिकृत हुँदै नायब प्रमुख कार्यकारी अधिकृतमा नियुक्त भएका हुन् ।

समग्र बैंक व्यवस्थापन, जोखिम व्यवस्थापन, मानव संशाधन व्यवस्थापन, व्यवसाय विस्तार तथा विविधिकरण लगायत विभिन्न रणनीतिक क्षेत्रमा उनले दक्षता हासिल गरेका छन् । नेपालको बैंकिङ्ग क्षेत्रमा करिब २० वर्षको विभिन्न कार्यअनुभव संगालेका उनले वाणिज्यशास्त्रमा स्नातकोत्तरसम्मको अध्ययन पूरा गरेका छन् ।


प्रकाशित : जेष्ठ ११, २०७९ १८:११
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?