कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८३

यामाहाको नयाँ बाइक आर १५ एम नेपाली बजारमा 

काठमाडौँ — यामाहाको नयाँ बाइक आर १५ एम नेपाली बजारमा सार्वजनिक गरिएको छ । नेपालका लागि यामाहाको आधिकारिक विक्रेता एमडब्लू इन्टरप्राइजेजले उक्त बाइक सार्वजनिक गरेको हो ।  नेपालमा ल्याइएको यामाहाका मोटरसाइकलमध्ये यो सबैभन्दा उत्कृष्ट प्रविधि र विशेषताका साथ रहेको कम्पनीको दावी छ । यसको मूल्य नेपाली बजारमा ५ लाख ७९ हजार ९ सय रुपैयाँ तोकिएको छ । 

यामाहाको नयाँ बाइक आर १५ एम नेपाली बजारमा 

एम र आर सिरिजजस्ता रेसिङ दुनियाामा चर्चित बाइकको पााचौ जेनेरेशन भनिएको यस आर १५ एम मुख्यत: ट्रयाक स्पिड, कर्भ, र स्पोर्टस् बाइकमा रुची राख्ने युवालाई लक्षित गरी तयार पारिएको कम्पनीको दावी छ । यसका अतिरिक्त ‘एसिस्ट एण्ड स्लिपर क्लच’ र ‘भीभीएजस्ता प्रणालीले आर १५ एम १५५ लाई अझ चुस्त, छरितो र प्रभावकारी बनाई समग्र पफर्मेन्सलाई नयाँ उचाइ प्रदान गरेको कम्पनीको भनाइ छ ।

यसलाई दुई प्रकारको मोडमा चलाउन मिल्ने गरी तयार पारिएको कम्पनीले जनाएको छ । राइडरले सडकको अवस्थाको अनुकुलता मध्यनजर गर्दै आफूले चाहेअनुसार उच्च कार्यसम्पादका लागि ‘ट्रयाक मोड’ र सहरभित्र मितव्ययी कार्यसम्पादनका साथ गरिने यात्राका लागि ‘स्ट्रीट मोड’मा स्वीच गर्न सक्ने सुविधा छ । १५५ सीसी एलसीभी एसओएचसी फ्युल इन्जेक्टेड इन्जिनको साथ तयार पारिएको शक्तिशाली बाइक हो । यसले १० हजार आरपीएममा १८.४ एचपी अधिकतम पावर र ७५०० आरपीएममा १४.२ एनएम टर्क जेनेरेट प्रदान गर्ने यामाहा नेपालका सीईओ राजु क्षेत्रीले बताए ।

कम्पनीले आफ्नो नयाँ स्किम ‘रोड टू मोटो जीपी’ पनि सार्वजनिक गरेको छ । यस स्किममा चार भाग्यशाली विजेताले यामाहा प्याडकबाट च्याङ अन्तर्राष्ट्रिय सर्किट, थाइल्याण्डको प्रत्यक्ष मोटोजीपी प्रसारण हेर्ने सुवर्ण अवसर पाउने कम्पनीले जनाएको छ ।

प्रकाशित : जेष्ठ ११, २०७९ १७:५८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?