कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९१

साओमीका तीन नयाँ उत्पादन बजारमा 

काठमाडौँ — साओमीले तीन नयाँ उत्पादन नेपाली बजारमा ल्याएको छ । साओमीले एस् १ एक्टिभ स्मार्ट वाच,  रेडमी स्मार्ट ब्यान्ड प्रो स्मार्ट वाच र मी होम सेक्युरिटी क्यामरा ३६० नेपाली बजारमा ल्याएको छ । साओमीको स्मार्ट अप्लाएन्स सेग्मेन्ट अन्तर्गत मी होम सेक्युरिटी क्यामरा घरको सुरक्षाको लागि रहेकाे कम्पनीले जनाएको छ ।  

साओमीका तीन नयाँ उत्पादन बजारमा 

साओमी एस् वान एक्टिभ स्मार्ट वाचको मूल्य २२ हजार ९९९ रुपैयाँ रहेको छ भने रेडमी स्मार्ट ब्याण्ड प्रोको मूल्य ६ हजार १९९ छ । त्यस्तै मीहोम सेक्युरिटी क्यामराको मूल्य ४ हजार ४९९ रुपैयाँ ताेकिएको छ । उत्पादन सार्वजनिक कार्यक्रममा बोल्दै कन्ट्री जेनरल म्यानेजर अमित पंडाले उत्कृष्ट प्रविधि र डिजाइनयुक्त डिभाइस ल्याउन प्रयासरत रहेको बताए । उनले भने ‘एस् वान एक्टिभ फिट्नेसमा रुची राख्नेलाई उपयोगी लेटेस्ट र स्टाइलिस स्मार्टवाच हो ।’ यसमा १. ४३ इन्चको हाइ रेजोल्युसन एमोलेड डिस्प्ले र ६० हर्जको हाइ रिफ्रेस स्क्रिन रहेको छ । यसले चौबीसै घण्टा मुटुको चाल रेकर्ड गर्नुको साथै अन्य ११७ वटा फिट्नेस मोड उपलब्ध रहेको कम्पनीले जनाएको छ ।

यस्तै रेड्मी स्मार्ट ब्यान्ड प्रो पनि १. ४७ इन्चको फुल एमोलेड डिस्प्ले सहित उपलब्ध छ । जसले रगतमा भएको अक्सिजन लेभल जााच्नुका साथै चौबीसै घण्टा मुटुको चाल पनि रेकर्ड गर्दछ । वाटर रेसिस्टन्ट यो स्मार्ट वाचमा ११० भन्दा बढी वर्क आउट मोड रहेको कम्पनीले जनाएको छ । त्यस्तै मी होम सेक्युरिटी क्यामरा ३६० बाट मधुरो उज्यालोमा पनि पूर्ण कलर प्यालेट देख्न सकिन्छ। यी क्यामराले ३६० एङलबाटै मोसन डिटेक्ट गर्दै तुरुन्तै अलार्म पठाउने हुनाले घरमा कोही प्रवेश गर्न लागेको जानकारी पहिला नै पाइन्छ ।

प्रकाशित : जेष्ठ १०, २०७९ १९:४२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?