२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३१७

काबेली- ३ जलविद्युत् आयोजनामा एनएमबी बैंकको अगुवाईमा ऋण लगानी 

काठमाडौँ — एनएमबी बैंकले २१.९३ मेगावाटको काबेली- ३ जलविद्युत् आयोजनाको मुख्य लगानीकर्ता भई वित्तीय व्यवस्थापन गरेको छ । प्रदेश १ अन्तर्गत ताप्लेजुङ जिल्लामा रहेको सिरिजङ्घा गाउँपालिकामा निर्माण भइरहेको काबेली– ३ जलविद्युत आयोजना काबेली हाइड्रो पावर कम्पनीद्वारा प्रवर्द्धन गरिएको आयोजना हो ।

काबेली- ३ जलविद्युत् आयोजनामा एनएमबी बैंकको अगुवाईमा ऋण लगानी 

यस आयोजनामा एनएमबी बैंकको अगुवाईमा ऋण लगानी हुने भएको हो । सह–वित्तीय करणमा सहभागी अन्य बैंकमा सेञ्चुरी कमर्सियल बैंक छ । आयोजनाको कुल अनुमानित लागत ४ अर्ब २८ करोड ५० लाख रहेको छ । जसमध्ये बैंकहरुको ऋण लगानी ३ अर्ब २१ करोड ३० लाख रहनेछ । योसहित कुल ४३ वटा जलविद्युत् आयोजनाहरुमा लगानी गरिसकिएको एनएमबी बैंकले जनाएको छ ।


प्रकाशित : जेष्ठ १०, २०७९ १९:२५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?