कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५५

‘अब विद्युतीय सवारीको प्रयोगमा लाग्नुपर्ने आवश्यकता छ’

काठमाडौँ — कलाकार हरिवंश आचार्यले अब इन्धनको साटो विद्युतीय सवारीसाधनको प्रयोगतर्फ लाग्नुपर्ने आवश्यकता रहेको औंल्याएका छन् । नेपालका लागि बीवाईडी अटो उद्योग कम्पनीको आधिकारिक वितरक साइमेक्स् इन्कले आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले भने ‘हालको अवस्थाले ईभी (विद्युतीय सवारी) मा स्विच गर्नुपर्ने आवश्यकतालाई स्पष्ट रूपमा चित्रण गरेको छ ।’

‘अब विद्युतीय सवारीको प्रयोगमा लाग्नुपर्ने आवश्यकता छ’

इन्धनबाट चल्ने कारहरू पृथ्वीकै लागि एक ठूलो खतरा भएको महसुस हुन थालेको उनले बताए । यसैबीच बीवाईडीले ब्राण्ड एम्बेस्डरमा आचार्यलाई छनोट गरेको छ । सो अवसरमा आचार्यले सडकमा सफा सवारीहरूको संख्या बढाउने प्रयासमा सामेल हुन पाउँदा खुसी लागेको बताए ।

जलविद्युत् उत्पादनको सम्भाव्यतासँगै विद्युतको प्रयोग देशको अर्थतन्त्र र दिगोपनमा अत्यावश्यक हुने भएकाले जनतामा यसबारे थप चेतना जगाउनका लागि आचार्यले भूमिका निर्वाह गर्नेछन् । ब्रान्ड एम्बेसेडरद्वारा गरिने प्रचार–प्रसारले देशभर अवस्थित नेपालीहरुमा विद्युतीय गतिशीलता र यसका फाइदाहरूका बारेमा चेतना जगाउने र कम्पनीको ब्रान्ड निर्माण गर्न तथा ग्राहकहरूको विश्वास प्राप्त गरी मन जित्न उल्लेखनीय योगदान पुर्‍याउने कम्पनीको भनाइ छ ।

पेट्रोलियम पदार्थको मूल्य निरन्तर आकासिएको अवस्थामा इन्धनको संकट, जलवायु र वातावरणीय समस्याहरूको दीर्घकालीन समाधान भनेकै विद्युतीय उत्पादनहरुको क्षमता र उपयोगलाई बढाएर दिगो भविष्यतर्फ अघि बढ्नुपर्नेमा कम्पनीले जोड दिएको छ ।


प्रकाशित : जेष्ठ १०, २०७९ १६:१८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?