कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

साउथ एसियाको बेस्ट अपरेसन्स अवार्डबाट सिद्धार्थ बैंक सम्मानित

काठमाडौँ — सिद्धार्थ बैंक बेस्ट अपरेसन्स बैंक इन साउथ एसिया २०२१ अवार्डबाट सम्मानित भएको छ । विश्व बैंक समूहको सदस्य इन्टरनेसनल फाइनान्स कर्पोरेसन (आईएफसी)द्वारा आयोजित १०औं ग्लोबल ट्रेड अवार्डमा बैंकले उक्त उपाधि जितेको हो । उक्त अवार्ड शुक्रबार आईएफसीका तर्फबाट बंगलादेश, भुटान र नेपालका लागि कन्ट्री म्यानेजर मार्टिन होल्टम्यानले सिद्धार्थ बैंकका प्रमुख कार्यकारी अधिकृत सुन्दर प्रसाद कँडेललाई हस्तान्तरण गरे ।

साउथ एसियाको बेस्ट अपरेसन्स अवार्डबाट सिद्धार्थ बैंक सम्मानित

आईएफसीको ट्रेड फाइनान्स कार्यक्रम अन्तर्गत ५०० साझेदार बैंकहरुको प्रतिस्पर्धात्मक विभिन्न विधाहरुमा ४८ विजेताहरु छनोट गरिएको हो । आईएफसी अन्तर्गत रहेका नेटवर्क बैंकहरुमध्ये ग्राहकलाई सरल र सहज ढंगले उत्कृष्ट बैंकिङ सेवा प्रदान गर्दै सिद्धार्थ बैंक एउटा सक्रिय साझेदार बैंकको रुपमा प्रस्तुत हुन सफल भएको छ ।

ग्राहकप्रतिको प्रतिबद्धतालाई यस उपाधिले थप मजबुत बनाउने र आगामी दिनमा अझ उच्चस्तरीय सेवा प्रदान गर्न प्रेरित गरेको बैंकले जनाएको छ । बैंकका देशभर १९० वटा शाखा (४ एक्स्टेन्सन् काउन्टर सहित), ११४ शाखारहित बैंकिङ्ग सेवा र १ हजार ५०० भन्दा बढी पिओएस् मेसिन संचालनमा छन् ।


प्रकाशित : जेष्ठ ८, २०७९ १८:००
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?