ऊर्जा क्षेत्रमा सहकार्य गर्न बाङ्लादेशलाई नेपाल चेम्बर अफ कमर्सको प्रस्ताव

काठमाडौँ — नेपाल चेम्बर अफ कमर्सले ऊर्जा क्षेत्रमा सहकार्य गर्न बाङ्लादेश समक्ष प्रस्ताव गरेको छ । नेपाल छिट्टै विद्युत निर्यात गर्न सक्ने हैसियतमा पुग्न लागेको सन्दर्भमा बाङ्लादेशसँग विद्युत व्यापारका लागि चेम्बरले आग्रह गरेको विज्ञप्तीमा भनिएको छ ।

ऊर्जा क्षेत्रमा सहकार्य गर्न बाङ्लादेशलाई नेपाल चेम्बर अफ कमर्सको प्रस्ताव

नेपाल बाङ्लादेशबीच कुटनीतिक सम्बन्ध स्थापना भएको ५० वर्ष पुगेको अवसरमा काठमाडौंस्थित बाङ्लादेशी दुतावासमा शुक्रबार आयोजित कार्यक्रममा चेम्बर अध्यक्ष राजेन्द्र मल्लले नेपाल, भारत र बाङ्लादेशबीच भएको विद्युत व्यापार सम्बन्धी त्रिपक्षी सम्झौताको व्यवहारिक कार्यन्वयन हुनुपर्नेमा जोड दिएका थिए ।

नेपाल कम्तिमा अबको १ वर्षपछि विद्युत निर्यात गर्न सक्ने हैसियतमा पुग्ने अध्यक्ष मल्लको भना‍इ थियो । भारतमा हालकै ट्रान्समिसन लाईनबाट कम्तिमा ५० मेगावट विद्युत निर्यातका लागि तयारी गर्न सकिने र अन्य सेवा-सर्तका लागि तीनवटै मुलुकले गृहकार्य गर्नुपर्ने अध्यक्ष मल्लले बताएका थिए ।

बाङ्लादेशमा ऊर्जाको माग उच्च रहेको सन्दर्भमा ‍नेपालबाट निर्यात गर्ने विभिन्न विकल्पमा दुई पक्षीय छलफल भएको थियो । नेपाल, बाङ्लादेश र भारतबीच ऊर्जा व्यापार सम्बन्धी सम्झौता भए पनि यसको व्यवहारिक कार्यन्वयन हुन सकेको छैन । चेम्बर अध्यक्ष मल्ले विद्युत व्यापारको सहजिकरणसँगै नेपालमा जलविद्युतमा लगानी गर्न बाङ्लादेशका राजदूत सलाउद्दिन चोधुरीसँग आग्रह गरेका थिए ।

राजदूत चोधुरीले नेपालमा उत्पादित विद्युत किन्नका लागि बाङ्लादेश तयार रहेको बताए । ‘अवको केही देशक भित्रै बाङ्लादेशले ग्रिन इनर्जीलाई प्रोत्साहन गर्नेछ,’ उनले भने, ‘सोहीअनुसार हाम्रा प्राथमिकताहरू, योजनाहरू बनिरहेकाछन् । नेपालको विद्युत खरिद गर्नका लागि हामी आतुर छौं ।’

प्रकाशित : जेष्ठ ७, २०७९ १८:२३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?