१९°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २२३

बर्जर पेन्ट्सले ल्यायो ‘उपहार वर्षा’ योजना

काठमाडौँ — बर्जर पेन्ट्स नेपालले 'बर्जर उपहारको वर्षा' योजना सार्वजनिक गरेको छ ।  नेपालमा २ दशकदेखि पेन्टहरुमा एक परिचित ब्राण्ड हो- बर्जर । बर्जर पेन्ट्सले जेठ १ गतेदेखि प्रि–मनसुन ग्राहक योजना ‘बर्जर उपहारको वर्षा’ ल्याएको हो । यस योजना अन्तर्गत ७५ हजार रुपैयाँ मूल्य बराबरको बर्जर पेन्ट्सको कुनै पनि इमल्सन उत्पादन खरिद गरेमा ग्राहकले स्योर सट पुरस्कार जित्न सक्ने कम्पनीले जनाएको छ ।

बर्जर पेन्ट्सले ल्यायो ‘उपहार वर्षा’ योजना

लक्की ड्र मार्फत एक भाग्यशाली विजेताले बम्परमा रोयल इनफिल्ड बुलेट बाइक जित्न सक्नेछन् । अन्य बम्पर पुरस्कारमा सीजी ४३ इन्च टीभी, सामसुङ ७.५ केजी टप लोडिङ वासिङ मेसिन, भिडियोकन १९० लिटर फ्रिज र सीजी भ्याकुम क्लिनर रहेका छन् । यो योजना बर्जरको वेदरकोट लङ लाइफ, वेदरकोट अलगार्ड फेमिली, वेदरकोट च्याम्प, वेदरकोट एन्टी–डस्ट, वेदरकोट स्मुथ, वालमस्ता, वालमस्ता लाइट एक्सटेरियर इमल्सन तथा इन्टेरियर इमल्सनतर्फ सिल्क ब्रिथ इजी, सिल्क ग्ल्यामर, सिल्क लक्जरी, इजी क्लिन फ्रेस, इजी क्लिन परिवार, बाईसन इमल्सन परिवार र बाईसन लाइट इमल्सनमा लागू हुने कम्पनीले जनाएको छ । बर्जरका उत्पादनमा कुनै लेड, मर्करी तथा क्रोमियमजस्ता हानिकारक तत्व नरहेको कम्पनीको दावी छ ।


प्रकाशित : जेष्ठ ६, २०७९ १२:५५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?