कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९१

विदेशी लगानीकर्तालाई सहजीकरण गर्न लगानी बोर्ड र नबिल बैंकबीच सम्झौता

काठमाडौँ — नबिल बैंकले नेपालमा लगानी गर्न खोजिरहेका विदेशी लगानीकर्तालाई सहजीकरण तथा प्रवर्द्धनका लागि लगानी बोर्डसँग सम्झौता गरेको छ । यस सम्झौता अन्तर्गत नबिल बैंकले विदेशी लगानीकर्तालाई वित्तीय सल्लाहकार सेवा प्रदान गर्नेछ । प्रत्यक्ष वैदेशिक लगानी प्रवर्द्धन गर्न र नेपालमा लगानीका अवसरहरू देखाउन विभिन्न प्रवर्द्धनात्मक कार्यक्रममा लगानी बोडसँग बैंकले सहकार्य गर्नेछ । नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल केशरी शाह र लगानी बोर्ड प्रमुख कार्यकारी अधिकृत सुशील भट्टले समझदारीपत्रमा हस्ताक्षर गरे ।

विदेशी लगानीकर्तालाई सहजीकरण गर्न लगानी बोर्ड र नबिल बैंकबीच सम्झौता

सो साझेदारीले विदेशी लगानीकर्ताहरूलाई आकर्षित गरी नेपालको आर्थिक विकासलाई संयूक्त रूपमा प्रवर्द्धन गर्ने र पूर्वाधार परियोजना, हरित क्षेत्रका अवसर, ऊर्जा क्षेत्रको प्रवर्द्धन लगायतसँग सम्बन्धित योजनाको विकास गर्न मद्दत पुग्ने बैंकको भनाइ छ । विदेशी लगानी भित्र्याउनका लागि बैंकको महत्वपूर्ण भूमिका रहेका कारण लगानी बोर्ड नेपालको कार्यालयले पहिलो पटक नबिल बैंकलाई साझेदार भट्टले बताए । त्यसैगरी नबिल बैंकका अध्यक्ष उपेन्द्र पौडेलले दिगो बैंकिङसँगै दिगो देश बनाउनमा पनि ध्यान दिएको बताए


प्रकाशित : जेष्ठ ५, २०७९ १५:३५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?