अब मासिक ११०० रुपैयाँमा वर्ल्डलिङ्कको २०० एमबीपीएस इन्टरनेट चलाउन पाइने- बजार - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

अब मासिक ११०० रुपैयाँमा वर्ल्डलिङ्कको २०० एमबीपीएस इन्टरनेट चलाउन पाइने

कान्तिपुर संवाददाता

काठमाडौँ — इन्टरनेट सेवाप्रदायक कम्पनी वर्ल्डलिङ्क कम्युनिकेसन्सले बुधबारदेखि लागू हुनेगरी ३३ सय रुपैयाँमा २०० एमबीपीएसको तीन महिने इन्टरनेट प्याकेज सार्वजनिक गरेको छ । नेट टीभी प्रयोग नगर्ने ग्राहकलाई लक्षित गर्दै कम्पनीले सस्तो दरको इन्टरनेट प्याकेज ल्याएको हो ।

ग्राहकका लागि यो प्याकेज बजारमा उपलब्ध भएकामध्ये सर्वसुलभ विकल्प भएको कम्पनीको दाबी छ । यो प्याकेज लिन चाहने ग्राहकलाई इन्टरनेट जडान, केबल र डुअल ब्यान्ड राउटर निःशुल्क गरिएको छ । केवल राउटरका लागि एक हजार रुपैयाँ डिपोजिट राख्नुपर्ने वर्ल्डलिङ्कले जनाएको छ ।

‘राउटर डिपोजिट र इन्टरनेट शुल्क बाहेक ग्राहकले थप अन्य कुनै पनि शीर्षकमा शुल्क तिर्नु पर्दैन,’ कम्पनीले भनेको छ, ‘यो नयाँ प्याकेजबाट विशेषगरी नेटटीभी आवश्यक नपर्ने ग्राहक लाभान्वित हुने छन् ।’ २०० एमबीपीएसको यो नयाँ प्याकेजमा नेटटीभी बाहेकका सुविधा भने उपलब्ध हुने बताइएको छ । जसअनुसार ग्राहकले पाँच ओटा डिभाइसमार्फत कम्पनीका १४ हजारभन्दा बढी वाईफाई हटस्पटमा अनलिमिटेड डेटा चलाउन सकिने ‘वाईफाई मोबिलिटी’को सुविधा पाउनेछन् । यसका साथै तुरुन्तै सर्भिस ग्यारेन्टीको रुपमा इन्टरनेटमा समस्या आउँदा दुई घण्टाभित्र समाधान नभए थप दुई दिनको इन्टरनेट सुविधा समेत उपलब्ध हुनेछ ।

‘टाइम ब्याक’ अर्थात् इन्टरनेट अवरुद्ध भएको समय समेत थप हुने कम्पनीले जनाएको छ । यो प्याकेज विद्यमान ग्राहकहरूका लागि समेत उपलब्ध छ । गुणस्तरीय सेवा कायम गर्दै ग्राहकका लागि सस्तो मूल्यमा उच्च गतिको इन्टरनेट उपलब्ध गराउन लागिपरेको कम्पनीले बताएको छ । नेटटीभी आवश्यक पर्ने ग्राहकले भने चार हजार ५० रुपैयाँमा कम्पनीको २०० एमबीपीएसको तीन महिने प्याकेज लिन सक्नेछन् ।


प्रकाशित : जेष्ठ ५, २०७९ १५:३५
प्रतिक्रिया
पठाउनुहोस्

विदेशी लगानीकर्तालाई सहजीकरण गर्न लगानी बोर्ड र नबिल बैंकबीच सम्झौता

कान्तिपुर संवाददाता

काठमाडौँ — नबिल बैंकले नेपालमा लगानी गर्न खोजिरहेका विदेशी लगानीकर्तालाई सहजीकरण तथा प्रवर्द्धनका लागि लगानी बोर्डसँग सम्झौता गरेको छ । यस सम्झौता अन्तर्गत नबिल बैंकले विदेशी लगानीकर्तालाई वित्तीय सल्लाहकार सेवा प्रदान गर्नेछ । प्रत्यक्ष वैदेशिक लगानी प्रवर्द्धन गर्न र नेपालमा लगानीका अवसरहरू देखाउन विभिन्न प्रवर्द्धनात्मक कार्यक्रममा लगानी बोडसँग बैंकले सहकार्य गर्नेछ । नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल केशरी शाह र लगानी बोर्ड प्रमुख कार्यकारी अधिकृत सुशील भट्टले समझदारीपत्रमा हस्ताक्षर गरे ।

सो साझेदारीले विदेशी लगानीकर्ताहरूलाई आकर्षित गरी नेपालको आर्थिक विकासलाई संयूक्त रूपमा प्रवर्द्धन गर्ने र पूर्वाधार परियोजना, हरित क्षेत्रका अवसर, ऊर्जा क्षेत्रको प्रवर्द्धन लगायतसँग सम्बन्धित योजनाको विकास गर्न मद्दत पुग्ने बैंकको भनाइ छ । विदेशी लगानी भित्र्याउनका लागि बैंकको महत्वपूर्ण भूमिका रहेका कारण लगानी बोर्ड नेपालको कार्यालयले पहिलो पटक नबिल बैंकलाई साझेदार भट्टले बताए । त्यसैगरी नबिल बैंकका अध्यक्ष उपेन्द्र पौडेलले दिगो बैंकिङसँगै दिगो देश बनाउनमा पनि ध्यान दिएको बताए


प्रकाशित : जेष्ठ ५, २०७९ १५:३५
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×