चीनको ईवाणिज्य डेलिभरी एक्सप्रेस सेवा ‘युनता’ अब नेपालमा

लक्ष्मी लम्साल

बेइजिङ — चीनको लोकप्रिय ईवाणिज्य डेलिभरी एक्सप्रेस सेवा युनताले नेपालमा आफ्नो एकीकृत सेवा सुरू गर्ने भएको छ । मंगलबार युनताले नेपाल एकीकृत सेवा विस्तारको घोषणा गरेको हो । यो कम्पनीले उपभोक्ताको व्यक्तिगत खरिद मागलाई पूरा गर्नका लागि उत्पादनहरूलाई एकसाथ एकीकृत गरी निर्यात गर्नेछ ।

चीनको ईवाणिज्य डेलिभरी एक्सप्रेस सेवा ‘युनता’ अब नेपालमा

युनताले घरेलु एक्सप्रेस वेयरहाउस, कोप्याकेजिङ, एयर फ्रेट सङ्कलन र अन्य माध्यममार्फत् चीनबाट सामानहरू सुरक्षित र समयमै नेपाली उपभोक्ताहरूमाझ पुर्‍याउने चिनियाा संचारमाध्यमहरूले लेखेका जनाएका छन् । ‘नेपाल कन्सोलिडेसन’ अन्तर्गत प्रत्येक महिना ठूलो परिमाणका सामग्री निर्यातका लागि विशेष विमानको व्यवस्था गरिएको छ । नेपालका लागि उक्त विशेष विमान चीनको छङ्तु विमानस्थलबाट उड्नेछ । पछिल्ला दिनमा युनता अन्तर्राष्ट्रिय डेलिभरी कम्पनीले दुबई, अष्ट्रेलिया, कोरिया, कम्बोडिया र नेपाल लगायत देशहरूमा कन्सोलिडेसन सेवा सुरूवात गर्दै मध्यपूर्व, दक्षिण एसिया, पश्चिम एसियाका साथै मुख्य सहरसम्मको पहुाच बिस्तार गर्दै आएको छ ।


प्रकाशित : वैशाख २८, २०७९ १८:४४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?