मेरियट होटल तेस्रो वर्षमा


काठमाडौँ — पाँचतारे होटल काठमाडौं मेरियटले सोमबार तेस्रो वर्षगाँठ मनाएको छ । ६ वटा रेष्टुरेन्ट र २ सय १४ वटा कोठा भएको मेरियटले वर्षिकोत्सवका अवसरमा मुख रसाउने आफ्ना परिकारहरुको सोकेस प्रर्दशनी गरेको थियो ।


कार्यक्रममा होटलका महाप्रवन्धक पिओट माडेजले छोटो अवधिमा मेरियटले आतिथ्यता सत्कारमा 'गोल्ड स्ट्यान्डर्ड'मा राखेर नविनता ल्याउँदै आइरहेको बताएका थिए । वर्षगाँठको अवसरमा उपस्थित २ सय अतिथिहरुमाझ उनले तीन वर्षमा थुप्रै पुरस्कारहरु प्राप्त गरेको जनाउँदै पाहुनाहरुप्रति कृतज्ञता व्यक्त गरेका थिए ।
