कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५३

नेपाल भ्रमणमा रहेका मास्टर सेफलाई बोर्डको सम्मान 

काठमाडौँ — ‘मास्टर सेफ फाइनालिस्ट टुर टु नेपाल’ नामक भ्रमण कार्यक्रम ल्याएर नेपाल आएका सेफ सन्तोष शाह सहितको टोलीलाई पर्यटन बोर्डले आइतबार बुढानिलकण्ठमा सम्मान गरेको छ । कोभिड महामारीपछिको पर्यटन पुनरोउत्थान अभियानका क्रममा नेपाल आएका बीबीसी मास्टर सेफः द प्रोफेसनल २०२० का फाइनालिस्टहरु सेफ शाहसहित सेफ एलेक्स वेव, सेफ बार्ट भान डेर ली र सेफ फिली आर्मिटेजको टोलीलाई बोर्डका कार्यकारी प्रमुख डा. धनन्जय रेग्मी लगायतले सम्मान गरेको बोर्डद्धारा जारी विज्ञप्तिमा उल्लेख छ ।

नेपाल भ्रमणमा रहेका मास्टर सेफलाई बोर्डको सम्मान 

बोर्डले सेफहरुको नेपाल भ्रमणले नेपाली खान्की पर्यटनलाई थप टेवा पुर्‍याएको जनाउदै सम्मान गरेको हो । सेफ साहले नेपाली खानालाई विश्व मञ्चमा पुर्‍याउन पाउँदा गर्व लागेको बताए । उनले नेपालको पर्यटनमा हिमाल र लुम्बिनी जस्तै नेपाली कला, संस्कृति, पकवान पनि उत्तिकै महत्व रहेको बताए । उनले आफ्नो साथमा आएको टीमलाई पुनः नेपाल आइ यहाँको खाना संस्कृतिलाई अनुभव गर्न पनि आग्रह गरे ।


प्रकाशित : वैशाख ४, २०७९ १९:५३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?