१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६३

दराजमा सामान किन्दा एनएमबी बैंकका ग्राहकले छुट पाउने 

काठमाडौँ — दराजमा सामान किन्दा अनलाइनबाटै भुक्तानी गर्ने एनएमबी बैंकका ग्राहकले छुट पाउने भएका छन् । यस सम्बन्धी सम्झौतामा बैंकका तर्फबाट रिटेल बैंकिङ्ग प्रमुख रोशन रेग्मी र दराजका तर्फबाट डिजिटल पेमेन्ट पार्टनरसिप प्रमुख अरुण फुयाँलले हस्ताक्षर गरे । सम्झौताअनुसार बैंकका ग्राहकले दराजमा अनलाइन सामान खरिद गरी अनलाइनबाटै भुक्तानी गर्दा १५ प्रतिशतसम्म छुट पाउन सक्ने छन् ।

दराजमा सामान किन्दा एनएमबी बैंकका ग्राहकले छुट पाउने 

चैत २८ देखि सीमित अवधिको लागि डेबिट कार्डमार्फत अग्रिम भुक्तानीमा अधिकतम १० प्रतिशत वा १ हजार रुपैयाँसम्मको छुट र क्रेडिट कार्डमार्फत अग्रिम भुक्तानीमा अधिकतम १५ प्रतिशत वा १ हजार ५ सय रुपैयाँसम्मको छुट पाउने छन् । उक्त छुट पाउन ग्राहकहरुले कार्डमा ई–कमर्स सक्रिय गर्नुपर्छ । नयाँ वर्षमा ग्राहकलाई घरमै बसी अनलाइनबाट सामान खरिद गर्न र डिजिटल माध्यमबाट भुक्तानीका लागि प्रेरित गर्नु मुख्य उद्देश्य रहेको दराजले जनाएको छ । एनएमबी बैंकका हाल देशभर २०१ शाखाहरु, १३९ एटीएम र ११ एक्सटेन्सन काउन्टर सञ्चालनमा छन् ।


प्रकाशित : चैत्र २४, २०७८ १९:२५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?