एफएनसीसीआई र एनसेलको सहकार्यमा वैशाख ३ मा दरबारमार्ग महोत्सव

काठमाडौँ — नयाँ वर्षका अवसरमा सडक महोत्सव आयोजना हुने भएको छ । कोभिडले थलिएको लघु, घरेलु, साना तथा मझौला उद्यम एवं पर्यटन उद्योग पुनरुत्थानका लागि काठमाडौंको दरबारमार्गमा ‘१५औं दरबारमार्ग महोत्सव २०७९’ हुन लागेको हो ।

एफएनसीसीआई र एनसेलको सहकार्यमा वैशाख ३ मा दरबारमार्ग महोत्सव

नेपाल उद्योग वाणिज्य महासंघ, रेस्टुरेन्ट एन्ड बार एसोसिएसन नेपाल र दरबारमार्ग विकास बोर्डले एनसेलसँगको सहकार्यमा वैशाख ३ मा महोत्सव आयोजना गर्न लागिएको हो । आन्तरिक पर्यटन प्रवर्द्धन गरी देशको पर्यटन विकासमा सघाउने र नेपाली उत्पादन एवं संस्कृतिको प्रवर्द्धन गर्ने उद्देश्यले महोत्सव आयोजना गर्न लागिएको आयोजकले बताएको छ ।

महोत्सवमा सम्पूर्ण रुपमा नेपाली कला संस्कृति झल्कने प्रस्तुती रहने छ । वैशाख ३ गते बिहान १०:०० बजे सातै प्रदेशको संस्कृति झल्किने विभिन्न जातजातिका कला संस्कृतिको प्रस्तुती गरिने छ । दरबारमार्गको दक्षिण क्षेत्रको महेन्द्र शालिकसम्म र उत्तरतर्फ नाराणहिटी संग्राहालयको गेटको ट्राफिक पोलसम्मको क्षेत्रमा महोत्सव सञ्चालन हुनेछ ।

महासंघका अध्यक्ष शेखर गोल्छाले थलिएको पर्यटन उद्योगलाई यसले राहत दिने बताए । एनसेलका प्रमुख कार्यकारी अधिकृत एन्डी चोङले भने 'कोभिड महामारीको कारण विश्व पर्यटन क्षेत्रले ठूलो चुनौतीको सामना गरिरहेको छ र अर्थतन्त्रमा पर्यटन प्रमुख आधार रहेको नेपाल पनि यो समस्याबाट अछुतो छैन ।'

प्रकाशित : चैत्र १८, २०७८ १७:१७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?