खल्तीबाट किस्ता भुक्तानी गर्दा क्यास ब्याक अफर

काठमाडौँ — खल्तीमार्फत किस्ता (ईएमआई) भुक्तानी गर्दा शतप्रतिशतसम्म क्यासब्याक पाइने अफर कम्पनीले ल्याएको छ । साथै दुई भाग्यशाली विजेताले बम्पर पुरस्कारको रूपमा स्मार्टफोन जित्ने मौका पाउने खल्तीले जनाएको छ ।

खल्तीबाट किस्ता भुक्तानी गर्दा क्यास ब्याक अफर

हुलास फिन सर्भ, जगदम्बा क्रेडिट एन्ड इन्भेस्टमेन्ट, स्याकार–होन्डा र एमएडब्लू इन्भेष्टमेन्टको ईएमआई भुक्तानी गर्दा हरेक हप्ता एक जना भाग्यशाली विजेताले भुक्तानीमा शत प्रतिशत क्यास ब्याक (५ हजार रुपैयाँसम्म) प्राप्त गर्नेछन् भने दुई जनाले बम्पर उपहारमा स्मार्टफोन जित्नेछन् । यो अफर चैत १ देखि चैत ३० सम्म मान्य हुने कम्पनीले जनाएको छ । खल्तीका प्रमुख कार्यकारी अधिकृत विनय खड्काले डिजिटल कारोबारलाई अझ प्रोत्साहन गर्न अफर ल्याइएको बताए ।




प्रकाशित : चैत्र १, २०७८ १६:३५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?