१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १४७

स्मार्टडोकोले ल्यायो विमेन्स डे अफर

कान्तिपुर संवाददाता

काठमाडौँ — नारी दिवसको अवसरमा ई-कमर्स साइट, स्मार्टडोकोले ‘विमेन्स डे अफर’ ल्याएको छ । स्मार्टडोकोले महिलाका सामानहरूमा ४०% सम्म छुट दिने भएको छ ।

महिलाहरूले न्यूनतम २ हजार रुपैयाँको किनमेल गर्दा २ सय रुपैयाँको गिफ्ट कार्ड पाउन सक्ने विज्ञप्तीमा भनिएको छ । यसका साथै, स्मार्टडोकोले ट्याग एन्ड विन अभियान गर्दै छ जसमा स्मार्टडोकोको इन्सटाग्राममा कमेन्ट गर्ने दुई जनालाई स्मार्टडोकोबाट उपहार दिइनेछ ।

स्मार्टडोकोले अर्थ रिदम, मामाअर्थ, ट्रेस्मी, भिक्टोरियाज सिक्रेट, डट एन्ड किलगायत ब्रान्डहरुमा ४०% सम्म छुट दिने र महिलाका सामानहरूमा उत्कृष्ट डिल र छुटहरू प्रदान गर्नेृ जनाएको छ । स्मार्टडोकोसँग हाल विभिन्न क्याटेगोरीका १० हजारभन्दा बढी प्रोडक्ट उपलब्ध छन् ।

प्रकाशित : फाल्गुन २३, २०७८ १४:४९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?