कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६६

उच्च माइलेज दिने सुजुकीको सेलेरियो कार

कान्तिपुर संवाददाता

काठमाडौँ — नेपालका लागि सुजुकी चार पाङ्ग्रे सवारी साधनको आधिकारिक वितरक सिजी मोटोकर्पको आधिकारिक डिलर प्रविशा ट्रेडिङ प्रालिले सेलेरियो कार सार्वजनिक गरेको छ । सर्वाधिक माइलेज दिने भएकाले यो गाडीबाट बढ्दो पेट्रोलियम पदार्थको मूल्यवृद्धि भारमा केही राहत मिल्ने कम्पनीको दाबी छ । नयाँ सेलेरियोमा अतुलनीय ड्राइभिङ अनुभव, नयाँ थ्रीडी अर्गानिक स्कल्प्टेड डिजाइन, फस्र्ट–इन–सेगमेन्ट सुरक्षा र सुविधायुक्त सुविधाहरू भएको कम्पनीले जनाएको छ ।

उच्च माइलेज दिने सुजुकीको सेलेरियो कार

कम्पनीका प्रबन्ध निर्देशक प्रविणविक्रम शाहीका अनुसार सेलेरियो नेपाली बजारमा निकै रुचाइएको पारिवारिक सवारी हो । न्यु जेनेरेशन सेलेरियोमा अझै धेरै माइलेज, बिना सम्झौताको सुरक्षा र सुविधाजनक फिचर रहेको उनले बताए । साथै यसको नयाँ डिजाइनले ग्राहकलाई आकर्षित र उत्साहित गर्ने कम्पनीले जनाएको छ

अल–न्यू सेलेरियोले थ्रीडी अर्गानिक स्कल्प्ड डिजाइनको साथै गतिशील स्ट्यान्स प्रदान गर्दछ । स्टाइलिस थ्रीडी अर्गानिक स्कल्प्ड डिजाइनले बजारमा कम्प्याक्ट ह्याचब्याक खण्डलाई पुनः परिभाषित गर्ने कम्पनीले जनाएको छ । एनिमेटेड स्वीपिङ फ्रन्ट हेडल्याम्प, ड्रपलेट स्टाइल टेल ल्याम्प र क्रोमसहितको नयाँ रेडियन्ट सिग्नेचर फ्रन्ट ग्रिलले यसको ताजा उत्साहजनक डिजाइन सिग्नेचरलाई जोड दिन्छ । १५ ९३८।०२ सेन्टीमिटर० अर्बन कालो अल्लो पाङ्ग्रा र अगाडिको फगल्याम्पले यसमा जीवन्त शैलीको आकर्षण थप्दछ ।

नयाँ सेलेरियोलाई थप आरामको लागि ऊर्जावान र फराकिलो केबिन विचारपूर्वक डिजाइन गरिएको छ । स्वीपिङ क्यारेक्टर लाइनहरू र अर्गानिक स्कल्प्टेड थ्रीडी इन्स्ट्रुमेन्ट प्यानलले नयाँ सेलेरियोलाई अझै प्रिमियम अनुभव दिएको छ । उज्यालो क्रोम एक्सेन्टसहितको ट्विन स्लट सेन्टर एसी भेन्टिलेसन, बोल्ड ब्यारेल–थीम साइड एयर भेन्ट्सले भित्री डिजाइनलाई थप आकर्षक बनाएको छ ।

पावर र माइलेजको उत्तम समिश्रण भएको नयाँ जेनेरेशनको डुअल जेट, डुअल भीभीटीयुक्त के–सिरिज इञ्जिन प्रयोग गरेको छ, जसले नेपालमै सर्वाधिक २६ दशमलब ६८ किलोमिटरपीएल माइलेज माइलेज दिनसक्नेछ । सेगमेन्टमै पहिलो आइडल स्टार्ट–स्टप प्रयोग गरिएको नयाँ सेलेरियोले सीओटी इमिसन्सलाई १९ प्रतिशतसम्म घटाउने छ । अत्याधुनिक प्रविधिद्वारा सञ्चालित, नयाँ सेलेरियोले ८९ एनएमएट३५००आरपीएमको टर्क र ६७ पीएएट ५५००आरपीएएमको पावर प्रदान गर्दछ । नेक्स्ट–जेन के–सिरिज इन्जिनको विकास अत्याधुनिक प्रविधि जस्तै कूल्ड ईजीआर, अटो टेन्सनर र एकीकृत निकास मेनिफोल्डको प्रयोगबाट गरिन्छ ।

सुजुकीको एड्भान्सड हर्टेक्ट प्लेटफर्ममा बनेको नयाँ सेलेरियोले अत्यधिक सुरक्षा प्रदान गर्ने कम्पनीले जनाएको छ । हर्टेक्ट प्लेटफर्मले कारको क्र्यास, रिजिडिटी र समग्र बललाई सुधार गर्छ । उच्चतन्य स्टीलको व्यापकप्रयोग र १२ प्लस सुरक्षा सुविधाहरूले बाहकहरूका लागि सुरक्षित ड्राइभ सुनिश्चित गर्ने कम्पनीको विश्वास छ ।


प्रकाशित : फाल्गुन १२, २०७८ १८:३१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?