कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७६

लक्ष्मी बैंकको नयाँ शाखा भक्तपुरको कमलविनायकमा

कान्तिपुर संवाददाता

काठमाडौँ — लक्ष्मी बैंकले आफ्नो शाखा सञ्जाल विस्तार गर्ने क्रममा १४२औं शाखा भक्तपुरको कमलविनायकमा सञ्चालनमा ल्याएको छ । यो शाखा मार्फत बैंकले ग्राहकको वित्तीय आवश्यकता पुरा गर्न आवश्यक सम्पूर्ण रिटेल बैकिङ सेवाका साथै साना तथा लघु व्यवसायीहरु माझ वित्तीय पहुँच पुर्‍याउने लक्ष्य राखेको छ ।

लक्ष्मी बैंकको नयाँ शाखा भक्तपुरको कमलविनायकमा

यो नयाँ शाखाको सुरुवातसँगै लक्ष्मी बैंकको शाखा संख्या १४२, एक्स्टेन्सन काउन्टर ११ र ५ हस्पिटल सेवा काउन्टर तथा १७३ एटीएम संचालनमा छन् । साथै ६३ शाखारहीत बैंकिङ्ग एजेन्ट संचालनमा छन् ।सुविधाजनक बचत खाता योजना, मुद्दती निक्षेप योजना, घर तथा सवारी कर्जा, साना व्यवसायी कर्जा, लघुवित्त, लगायतका वित्तीय सेवाहरुको बढ्दो मागलाई पुरा गर्न बैंकले वित्तीय पहुँच नपुगेका क्षेत्रहरुमा बैंकले आक्रामक रुपमा आफ्नो शाखा सेवा विस्तार गर्दै आएको छ ।


प्रकाशित : फाल्गुन १०, २०७८ १८:५७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?