कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५५

खल्ती एपमार्फत ब्लुबुक नवीकरण शुल्क तिर्न सकिने  

कान्तिपुर संवाददाता

काठमाडौँ — अब खल्ती डिजिटल वालेट प्रयोग गरी सवारीसाधनका ब्लुबुक नवीकरण शुल्क तिर्न पाइने भएको छ । खल्ती एप मार्फत यो सेवा लिन सकिने कम्पनीले जनाएको छ । अहिले वाग्मती प्रदेशका खल्ती प्रयोगकर्ताले यो सेवाको लाभ उठाउन सक्ने र आगामी दिनमा यो सुविधा देशभर उपलब्ध हुने बताइएको छ ।  

खल्ती एपमार्फत ब्लुबुक नवीकरण शुल्क तिर्न सकिने  

प्रयोगकर्ताहरुले भुक्तानी गर्नु पूर्व सर्वप्रथम आफ्नो सवारीको सम्पूर्ण आवश्यक विवरणहरू अनलाइन भेहिकल रजिस्ट्रेसन सिस्टम (भीआरएस) मा दर्ता गर्नुपर्ने हुन्छ । यो कार्य नागरिक एप या यातायात व्यवस्थापन सूचना प्रणाली (टीएमआईएस) को वेबसाइट मार्फत सहजै गर्न सकिन्छ । यसरी गरिएको दर्ता नेपाल सरकारद्वारा मान्यताप्राप्त हुनेछ ।

खल्ती एपभित्र भएको गभर्नमेन्ट सर्भिसेस मा रहेको ब्लुबुक रिन्युमा नवीकरणमा ट्याप गरी आवश्यक विवरण भरेर भुक्तानी गर्न सकिन्छ । नयाँ प्रयोगकर्ता या पहिलो पटक यो सेवा प्रयोग गर्न लागेकालाई कुनै अन्योल नहोस् भनेर 'स्याम्पल' बिल पनि एपमै उपलब्ध गराइएको छ । भुक्तानी गर्नासाथ आफूले नवीकरण गरेको ब्लुबुकको बिल तुरुन्तै खल्तीमा प्राप्त हुनेछ भने भीआरएसद्वारा उपलव्ध गराइने बिल प्रयोगकर्ताहरुले १० मिनेटमा खल्तीबाटै प्राप्त गर्नेछन् । खल्ती होमपेजको ट्रान्जेक्सनमा गई दुबै बिल प्राप्त गर्न सकिन्छ ।


प्रकाशित : फाल्गुन ४, २०७८ १८:४४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?