एमएडब्लू लाइफले सुरु गर्‍यो ‘जिप एक्सचेन्ज इभेन्ट’

काठमाडौँ — नेपालका लागि जिपको आधिकारिक बिक्रेता एमएडब्लू लाइफले पुरानो गाडीलाई एक्सचेन्ज गरेर २०२२ जिप कम्पास खरिद गर्न चाहने ग्राहकका लागि बुधबारबाट देशव्यापी रुपमा जिप एक्सचेन्ज इभेन्ट, ‘अपग्रेड योर एड्भेन्चर’ सुरु गरेको छ । यो एक्सचेन्ज इभेन्टमा ग्राहकले आफ्नो जुनसुकै ब्रान्डको पुरानो गाडीको बजारमा उच्च मूल्य पाउनुका साथै स्पट फाइनान्सिङको सुविधा पाउनेछन् ।

एमएडब्लू लाइफले सुरु गर्‍यो ‘जिप एक्सचेन्ज इभेन्ट’

ग्राहकले एक वर्षका लागि नि:शुल्क इन्स्योरेन्स, एक वर्षका लागि नि:शुल्क सडक कर र एसेसोरिज पाउने कम्पनीले जनाएको छ । यसैबीच, एमएडब्लू लाइफले २०२२ कम्पासका सबै मोडेल अधिकतम ७० प्रतिशत फाइनान्सिङ र १२ प्रतिशत ब्याजदरमा उपलब्ध गराउने भएको छ । २४ घन्टामा ऋण स्वीकृत गरी ग्राहकलाई जिप डेलिभरी गर्ने व्यवस्था मिलाइएको एमएडब्लूले जनाएको छ ।

यसै वर्षको सुरुमा जिपको नयाँ कम्पास सार्वजनिक गरिएपछि प्रिमियम एसयूभी सेग्मेन्टमा जिपको बिक्री उल्लेखनीय रुपमा बढेको छ । जिप कम्पास स्पोर्ट, लंगिच्युड, लिमिटेड र मोडेल एस गरी चार ट्रिममा उपलब्ध छ जसको मूल्य ८७ लाख ९० हजारदेखि एक करोड ३९ लाख ९० हजार रुपैयाँसम्म छ ।

नयाँ कम्पास १.४ लिटरको पेट्रोल र २.० लिटरको डिजेल इन्जिनमा उपलब्ध छ । पेट्रोल इन्जिनले १६३ एचपी पावर र २५० एनएम टर्क उत्पन्न गर्छ भने डिजेल इन्जिनले १७० एचपी पावर र ३५० एनएम टर्क उत्पन्न गर्छ । जिपको लेजेन्डरी ४ बाई ४ सिस्टम भने डिजेल भेरियन्टमा उपलब्ध छ जसमा अटो, स्नो, स्यान्ड र मड गरी चार मोड उपलब्ध छ । एमएडब्लुले लाइफले नेपाल बजारमा कम्पासबाहेक र्‍यांग्लर, र्‍यांगलर अनलिमिटेड, ग्रान्ड चेरोकी र ग्लेडियटर उपलब्ध गराउँदै आएको छ ।


प्रकाशित : माघ २६, २०७८ १९:१८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?