१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

एनआईबीएल समृद्धि फन्ड-१द्वारा  विभिन्न कम्पनीका धितोपत्र लिलाम बिक्रीमा 

काठमाडौँ — एनआईबीएल एस क्याप्टिल योजना व्यवस्थापक रहेको एनआईबीएल म्युचुअल फण्ड अन्तर्गत संचालनमा रहेको पहिलो  सामूहिक लगानी योजना– एनआईबीएल समृद्धि फण्ड–१ ले विभिन्न कम्पनीको धितोपत्र लिलाम बिक्रीमा राखेको छ । 

यो योजना पुस २२ गते परिपक्व भएको थियो । योजना खारेजीमा लैजाने क्रममा समृद्धि फण्ड –१ को स्वामित्वमा रहेका विभिन्न कम्पनीको साधारण सेयरहरु तथा ऋणपत्रहरु बोलकबोलको माध्यमबाट बिक्री गर्ने भएको हो । संस्थाले जारी गरेको सूचना अनुसार उक्त साधारण सेयरमा न्यूनतम १ सय रुपैयाँको दरले तथा ऋणपत्रहरु न्यूनतम १ हजारको दरले बोलकबोलको माध्यमबाट आवेदन दिन सकिने सकिनेछ ।

सेयर खरिदका लागि योग्य रहेका इच्छुक व्यक्ति, फर्म, कम्पनी, संघ संस्थाहरुले माघ १३ गतेदेखि २० गतेसम्ममा बिक्री प्रबन्धक एनआईबीएल एस क्यापिटल लाजिम्पाटमा आफूले लिन चाहेको सेयर तथा ऋणपत्रहरुमा दर ताेकेर सम्पूर्ण विवरण खुलाई गोप्य शिलबन्दी बोलपत्रमार्फत् आवेदन पेश गर्न सक्ने छन् ।

प्रभु बैंकको २५२०, हिमालयनको ५५३४, स्टान्डर्ड चार्टडको ३८१, नाडेप लघुवित्तको ५३८, आँधीखोला लघुवित्तको ७१४, डिप्रोक्सको २३४९ तथा समाज लघुवित्तको ११७ कित्ता सेयर लिलामी बिक्रीका लागि खुलाइएको छ । त्यस्तै ८.५ प्रतिशत नेपाल बैंकको ऋणपत्र, ९ प्रतिशतको एनआइसी एसिया बैंकको ऋणपत्र, ११ प्रतिशत ब्याजको एनआइसी एसिया बैंकको अर्को ऋणपत्र तथा ८.५ प्रतिशशतको ग्लोबल आईएमई बैंकको ऋणपत्र पनि लिलामी बिक्रीका लागि आवेदन खुलाइएको छ ।


प्रकाशित : माघ १३, २०७८ १९:३५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?