१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

संस्थापक सेयर किनबेच गर्न मेगा क्यापिटलले सहजीकरण गरिदिने

काठमाडौँ — मेगा क्यापिटल मार्केट्सले नेप्सेमा सूचीकृत बैंक तथा वित्तीय संस्था, बीमा कम्पनी, लघु वित्त, जलविद्युत तथा उत्पादनमूलक कम्पनीहरुको संस्थापक  सेयरहरु खरिद(विक्रीका लागि सहजीकरण गरिदिने भएको छ ।

संस्थापक सेयर किनबेच गर्न मेगा क्यापिटलले सहजीकरण गरिदिने

यसका लागि इच्छुक लगानीकर्ताले घरैमा बसी मेगा क्यापिटल मार्केट्सको फोन नम्वर ९८५१०६७५७८ वा इमेल इन्फो एटदरेट मेगाक्यापिटलमार्केटेस् डट् कम वा क्यापिटलको फेसबुकमा म्यासेन्जर मार्फत् म्यासेज पठाउन सक्नेछन । धेरै लगानीकर्ताहरुले प्रमोटर सेयर (संस्थापक सेयर) साधारणजस्तो दोस्रो बजारमा सजिलै बिक्री गर्न असमर्थता र असहजताले सेयर सम्पत्ति बन्धक भएका र आवश्यकता अनुसार बिक्री गर्न नसकेको गुनासो गर्ने गरेका छन् ।

आर्थिक आवश्यकता पुरा गर्न नसकेका बिक्रेता र लगानीको अवसर खोजिरहेका अन्य लगानीकर्ताहरु बीच किनबेच र सेयर हस्तान्तरणमा सहजीकरण सेवाको आवश्यकतालाई मनन् गर्दै क्यापिटलले नयाा सेवाको सुरुवात गरेको हो ।


प्रकाशित : माघ १३, २०७८ १२:४७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?