बजाजको नयाँ सर्भिस सेन्टर अब कुपन्डोलको गुसिङगालमा 

काठमाडौँ — नेपालका लागि बजाज मोटरसाइकलको आधिकारिक वितरक हंसराज हुलासचन्द एण्ड कम्पनीले कुपन्डोलको गुसिङगालमा सम्पूर्ण सुविधा सम्पन्न नयाँ सर्भिस सेन्टर संचालनमा ल्याएको छ । 

बजाजको नयाँ सर्भिस सेन्टर अब कुपन्डोलको गुसिङगालमा 

'गुसिङगाल मोटरसाइकल सर्भिस सेन्टर' नामक यस सेन्टरबाट सबै सर्भिस तथा स्पेयर पार्टस् उपलव्ध हुनेछ । नेपालमा अधिक बिक्री हुने र विश्वासिलो अटोमोबाइल ब्राण्ड बजाजले आफ्नो सर्भिस र स्पेयर पार्टस् देशभर उपलब्ध गराउने उद्देश्यले गुसिङगालमा सेन्टर संचालनमा ल्याएको जनाएको छ ।

मोटरसाइकल सर्भिसिङमा २० वर्षको अनुभव भएका दक्ष प्राविधिकहरुबाट सर्भिसिङ गराइने यस सेन्टरमा जम्मा ५५ मिनेटमा काम सम्पन्न हुने दावी गारिएको छ । एक दिनमा ८० भन्दा बढी बाइकहरु सर्भिसिङ गर्न सक्ने क्षमता भएको यस सेन्टरमा ग्राहकको सुविधाको लागि प्रतिक्षालय र क्याफेको सुविधा पनि छ ।

नयाँ सर्भिस सेन्टर शुभारम्भ गर्दै हंसराज हुलासचन्द एण्ड कम्पनीका जनरल म्यानेजर योगेन गुरुङले भने, 'ग्राहकको संख्या निरन्तर बढिरहेको छ र उहााहरुलाई पूर्ण सन्तुष्टि र सुविधा प्रदान गर्नु हाम्रो जिम्मेवारी हो ।'


प्रकाशित : माघ १२, २०७८ १८:३१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?