कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

धौलागिरी लघुवित्तको सेयर बिक्री प्रवन्धकमा सनराइज क्यापिटल 

काठमाडौँ — धौलागिरी लघुवित्त वित्तीय संस्थाको सेयर बिक्री प्रवन्धकमा सनराइज क्यापिटल नियुक्त भएको छ । कम्पनीले कुल ३ लाख कित्ता साधारण सेयर निष्कासन गर्नको लागि सनराइज क्यापिटललाई निष्कासन तथा बिक्री प्रवन्धकमा नियुक्त गरेको हो । 

धौलागिरी लघुवित्तको सेयर बिक्री प्रवन्धकमा सनराइज क्यापिटल 

यस सम्बन्धी सम्झौतामा लघुवित्त वित्तीय संस्थाको तर्फबाट प्रमुख कार्यकारी अधिकृत मीनबहादुर बोहरा तथा क्यापिटलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत बिजयलाल श्रेष्ठले हस्ताक्षर गरे । धौलागिरी लघुवित्त वित्तीय संस्था राष्ट्रिय स्तरको हो ।

पुस मसान्तसम्ममा नेपालका २० जिल्लामा संस्थाका ४६ वटा शाखा कार्यालय संचालनमा छन् । संस्थाको कुल कर्जा लगानी तर्फ १ अर्ब ४४ करोड, निक्षेप संकलन ६२ करोड १४ लाख रहेको छ । हाल चुक्ता पुँजी ७ करोड रहेकोमा सार्वजनिक निष्कासनपछि १० करोड पुग्नेछ ।


प्रकाशित : माघ १२, २०७८ १८:११
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?