कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३२१

कोहलपुर डेभलपर्सको योजना- किस्तामै आकर्षक घडेरी

काठमाडौँ — कोहलपुर डेभलपर्सले आधुनिक सुविधासहितका घडेरीहरू किस्ताबन्दीमा बिक्री गर्ने योजना ल्याएको छ । टिकटक भिडियोहरूबाट समेत चिनिएको मध्यपश्चिम क्षेत्रको विकासोन्मुख सहर कोहलपुरबाट कर्णालीतर्फको खुला क्षेत्रमा पानी, सडकसहित ५०० भन्दा बढी स्मार्ट घडेरीहरू मासिक सरल किस्तामै उपलब्ध गराइने भएको कम्पनीले जनाएको छ ।

कोहलपुर डेभलपर्सको योजना- किस्तामै आकर्षक घडेरी

चारैतिर हरियाली र सुन्दर व्यवस्थित बाटोले सुन्दर यस ठाउँ २०७७ को अन्त्यतिर कालोपत्रे गरेपछि स्मार्ट सिटीको रुपमा चिनिएको हो । पछिल्लो समय टिकटक भिडियो बनाउनेहरूको समेत भीड लाग्ने गरेपछि यस ठाउँ थप चर्चामा छ । मध्यपश्चिम र सुदूरपश्चिम क्षेत्रकै प्रमुख व्यापारिक क्षेत्रको रुपमा विकसित हुँदै गएको यस ठाउँमा पानीको निकाससहित कालोपत्रे, बिजुली बत्ती, खानेपानी, नगर बसपार्क, अस्पताल साथै प्रयाप्त खुल्ला क्षेत्र निर्माण गरिएको छ ।

यस परियोजनाका घडेरी किन्दा २० प्रतिशत मूल्य भुक्तान गरी वार्षिक करिब ११ प्रतिशत ब्याजदरमा ६० किस्तामा भुक्तान गर्न सकिने बताइएको छ । कोहलपुर डेभलपर्सका अनुसार यस ठाउँमा ग्राहकले आफ्नो इच्छा र आवश्यकता अनुसार ७ धुर वा त्यसभन्दा माथि जतिसुकै धुरको प्लट किन्न सक्नेछन् । यस ठाउँबाट नेपालगञ्जका लागि नियमित रुपमा नगर बस पनि आवतजावत गर्छन् ।

प्रकाशित : माघ ११, २०७८ १९:३२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?