कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६४

भिभोको 'भी २३ ई' स्मार्टफोन नेपालमा बिक्री सुरु 

काठमाडौँ — भिभोले आफ्नो भी सिरिजको पछिल्लो संस्करण 'भी २३ ई'को बिक्री नेपालमा मंगलबारबाट थालेको छ ।  भिभोले उक्त स्मार्टफोन प्रिबुकिङका लागि उपलब्ध गराएको ४८ घण्टाभित्र १ सयभन्दा बढी सेटहरु बुक भएको जनाएको छ । 

भिभोको 'भी २३ ई' स्मार्टफोन नेपालमा बिक्री सुरु 

भी २३ ई ले सुधारिएको अटोफोकस तथा रमाइलो पोट्रेट विशेषताका माध्यमबाट सेल्फीमा स्पष्टता र स्थिरता प्रदान गर्दछ । यसको एआई एक्स्ट्रिम नाइट पोट्रेट मोडले रातको समयमा सेल्फी लिँदा पनि फोटो अँध्यारो आउँदैन ।

पोर्ट्रेट मोडयुक्त ५० मेगापिक्सेल अटोफोकस सेल्फी फ्रन्ट क्यामरा यसमा छ । रातको समयमा फोटो तथा भिडियो खिच्न शौखिनहरुका लागि यसमा पछाडिपट्टि ६४ मेगापिक्सेलको नाइट क्यामरा दिइएको छ।

जम्मा ७.३६ मिलिमिटर मोटाइ भएको नयाँ भी २३ ई पातलो र हलुका छ । यसमा अत्याधुनिक उत्पादन प्रक्रियाबाट निर्मित नयाँ डिजाइन तथा २‍.५ डीको पातलो फ्रेम राखिएको छ । नयाँ भी २३ ई फनटनचओएस १२ अपरेटिङ सिस्टममा चल्दछ । भी २३ई मा एक्स्टेन्डेड र्याम २.० को सहायताले ८ जीबी प्लस ४ जीबी थप र्याम प्रदान गर्दछ । जसकारण आवश्यकता परेको बेला ४ जीबी आन्तरिक मेमोरीलाई र्यामका रुपमा प्रयोग गर्न सकिन्छ ।

यसको ८ जीबी र्याम र १२८ जीबी आन्तरिक मेमोरी भेरियन्टको ४४ हजार ९९९ रुपैयाँ तथा ८ जीबी र्याम र २५६ जीबी आन्तरिक मेमोरी भेरियन्टको मूल्य ४९ हजार ९९९ रुपैयाँ तोकिएको छ


प्रकाशित : माघ ११, २०७८ १८:४१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?