कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

नेपाल बैंकको निक्षेप करिब २० र कर्जा २८ प्रतिशत बढ्यो

काठमाडौँ — नेपाल बैंकले दोस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ । प्रकाशित वित्तीय विवरण अनुसार नेपाल बैंकको निक्षेप १ खर्ब ८३ अर्ब ३४ करोड पुगेको छ भने कर्जा लगानी १ खर्ब ७२ अर्ब ९१ करोड पुगेको छ । २७ वटा वाणिज्य बैंकहरुमध्ये निक्षेप संकलन तथा कर्जा लगानी दुबैमा नेपाल बैंकले आक्रामक विस्तार गरेको छ ।

नेपाल बैंकको निक्षेप करिब २० र कर्जा २८ प्रतिशत बढ्यो

निक्षेप संकलनमा १९.७९ प्रतिशत र कर्जा लगानीमा २७.९६ प्रतिशत बढाउन सफल भएको । त्यसैगरी बैंकले दोस्रो त्रैमाससम्म कुल १ अर्ब ४१ करोड ७० लाख रुपैयाा खुद मुनाफा आर्जन गर्न सफल भएको छ । सो मुनाफा गत आवको सोही अवधिको भन्दा करिब ५ प्रतिशतले बढी हो ।

बैंकको खुद ब्याज आम्दानी १.८० प्रतिशतले बढेको छ भने खुद फी तथा कमिसन आम्दानी ३६.३६ प्रतिशतले बढेको छ । बैंकले खराब कर्जाको अनुपातलाई पनि उल्लेखनीय रुपमा घटाउन सफल देखिएको छ । गत आ.व.को दोस्रो त्रैमासम्म कुल कर्जामा खराब कर्जाको अनुपात २.८८ प्रतिशत रहेकोमा यो आ.व.को सो अवधिमा घटेर १.९१ प्रतिशतमा झरेको छ । देशभर ११३ शाखाहरु, १४७ एटिएम मेसिन साथै ४७ वटा एक्सटेन्सन काउन्टरहरु मार्फत करिब २० लाख ग्राहकलाई बैंकले सेवा प्रदान गर्दै आएको छ ।


प्रकाशित : माघ ११, २०७८ १८:१७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारी जग्गा र भवन राजनीतिक दल र तीनका भातृ संगठनले कब्जा गरेर बस्नुलाई के भन्नुहुन्छ ?