माल्पी कलेजले सुरु गर्यो 'एक्सपेरिएन्सल लर्निङ प्रोग्राम'

नेपालका २०  बढी कम्पनीसँग सहकार्य 

काठमाडौँ — पोखरा विश्वविद्यालयसँग आबद्ध रही बीबीए र बीआई (बैंकिङ एन्ड इन्स्योरेन्स) अध्यापन गराउँदै आएको माल्पी इन्टरनेसनल कलेजले हालै बैंकिङ,  इन्स्योरेन्स,  फिनटेक,  आईटी,  हस्पिटालिटी लगायत क्षेत्रका कम्पनीसँग सहकार्य गरेको छ ।

माल्पी कलेजले सुरु गर्यो 'एक्सपेरिएन्सल लर्निङ प्रोग्राम'

सिद्धार्थ बैंक, रिलायन्स लाइफ इन्स्योरेन्स, युनाइटेड इन्स्योरेन्स, एनआइबीएल एस क्यापिटल, लुम्बिनी जनरल इन्स्योरेन्स, मुक्तिनाथ विकास बैंक, कामना सेवा विकास बैंक, आईएमई पे, आईजे ग्रुप, सोल्टी होटल, वैद्य समूह, एसएमटीएम क्यापिटल लगायतसँग कलेजले सहकार्य गरेको छ । माल्पीमा अध्ययनरत् विद्यार्थीलाई यी कम्पनीहरुले प्रत्यक्ष सिकाइ कार्यक्रम, उद्योग प्रदर्शनी, इन्टर्नसीप र जागिरको अवसर प्रदान गर्न सहमत भएकाे कलेजले जनाएको छ।

यी कम्पनीसँग सहभागितामा अनुभवगत लर्निङले विद्यार्थीहरूको करियरलाई स्नातक हुँदासम्म तयार पार्ने कलेजकाे दावी छ ।


प्रकाशित : माघ १०, २०७८ १९:४२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?