कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

भ्याक्सिन लगाएकालाई एनआईसीको नि:शुल्क लगानी व्यवस्थापन सेवा

काठमाडौँ — एनआईसी एसिया क्यापिटलले कोरोनाको डबल डोज भ्याक्सिन लगाइसकेका नेपाली नागरिकहरुलाई निशुल्क लगानी व्यवस्थापन सेवा दिने भएको छ । माघ ७ गतेदेखि फागुन मसान्तसम्म नि:शुल्क रुपमा लगानी व्यवस्थापन सेवा दिने क्यापिटलले घोषणा गरेको छ ।   भ्याक्सिन लगाउन प्रेरित गर्ने उद्देश्यका साथ निशुल्क सेवा संचालनमा ल्याइएको कम्पनीको भनाइ छ ।  

भ्याक्सिन लगाएकालाई एनआईसीको नि:शुल्क लगानी व्यवस्थापन सेवा

यस योजना अन्तर्गत लगानीकर्तालाई लगानी व्यवस्थापन सेवा लिादा पहिलो वर्ष नि:शुल्क रुपमा सेवा प्रदान हुनेछ । क्यापिटलले धितोपत्र बजार तथा मुद्रा बजारको समग्र अवस्थाको राम्रोसाग अध्ययन अनुसन्धान गरेर मात्र लगानी सम्बन्धी निर्णय लिने गर्दछ ।

पछिल्लो समयमा फेरि कोरोना संक्रमण दर दिन प्रतिदिन बढ्दो क्रममा रहेकाले घरमै सुरक्षित रुपमा बसी अनलाईन मार्फत सहजै लगानी व्यवस्थापन सेवा लिन सकिने क्यापिटलले जनाएको छ । क्यापिटलको वेबसाइटमार्फत भर्चुअल उपस्थितिका लागि लगानीकर्ताले समय बुक गर्न सक्नेछन् । सेवाको सम्बन्धमा थप जानकारीको लागि क्यापिटलको मोबाइल नं. ९८५११२१९९४ मा सम्पर्क गर्न सकिनेछ ।


प्रकाशित : माघ ७, २०७८ २०:०२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारी जग्गा र भवन राजनीतिक दल र तीनका भातृ संगठनले कब्जा गरेर बस्नुलाई के भन्नुहुन्छ ?