२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २७४

उद्यमशीलता विकास कार्यक्रमको लागि त्रिपक्षीय सम्झौता 

काठमाडौँ — नेपाल उद्योग परिसंघ ओमन लिडरसिप फोरम, नबिल बैंक र महिला शक्ति विकास केन्द्र नेपालबीच महिला उद्यमीहरुलाई वित्तीय पहुँच प्रदान गर्नेबारे सम्झौता भएको छ । महिला उद्यमीलाई प्रोत्साहन तथा प्रेरित गर्नका लागि  तीन संस्थाबीच समझदारी पत्रमा हस्ताक्षर भएको छ।

उद्यमशीलता विकास कार्यक्रमको लागि त्रिपक्षीय सम्झौता 

नेपाल उद्योग परिसंघ ओमन लिडरसिप फोरमकी संयोजक छाँया शर्मा, नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत अनिलकेशरी शाह तथा महिला शक्ति विकास केन्द्र नेपालका तर्फबाट कार्यकारी निर्देशक कविता गुरुङ्गले समझदारी पत्रमा हस्ताक्षर गरे ।

सो अवसरमा संयोजक शर्माले महिलाको आत्मनिर्भरताले नै संयूक्त राष्ट्र संघको दिगो विकासको अवधारणा कार्यान्वनमा टेवा पुग्ने बताइन् । महिला शक्तिकी निर्देशक गुरुङ्गले महिलाको लागि नेतृत्व विकास, सामाजिक उत्थान तथा जीवनस्तर विकासका मुद्दामा आफूहरुले काम गर्दै आइरहेको बताइन् ।

बैंकका प्रमुख कार्यकारी शाहले हस्ताक्षर गरेर मात्रै समझदारी पत्रको उद्देश्य पूर्ण नहुने भएकोले यसको कार्यान्वयन पक्षमा ध्यान दिन आग्रह गरे । नेपाल उद्योग परिसंघका उपाध्यक्ष निर्वाण चौधरीले महिलालाई आर्थिक रुपमा जोड्ने यस प्रकारको प्रयासले निकट भविष्यमा देशमा महिला नेतृत्वको वर्चस्व रहने विश्वास व्यक्त गरे । एक वर्ष अवधिको सम्झौताले दिगो विकास, साना तथा मझौला उद्यमीहरुलाई ऋणको सरल व्यवस्थाका साथै विविध वित्तीय साक्षरता सम्बन्धी तालिम सञ्चालन गरिने बताइएको छ ।


प्रकाशित : माघ ७, २०७८ १८:१७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?