नेपाली युवा उद्यमी मञ्चमा आवद्धले यती एयरमा सहुलियत पाउने 

काठमाडौँ — निजी क्षेत्रको हवाई संस्था यती एयरलाइन्स र नेपाली युवा उद्यमी मञ्चबीच व्यावसायिक सहकार्य भएको छ । एयरलाइन्सको कार्यालयमा शुक्रबार आयोजित एक कार्यक्रममा एअरलाइन्सका प्रमुख कार्यकारी अधिकृत (सीईओ) अनोज रिमाल र नेपाली युवा उद्यमी मञ्चका अध्यक्ष उदिप श्रेष्ठले सम्झौतापत्रमा हस्ताक्षर गरे ।

नेपाली युवा उद्यमी मञ्चमा आवद्धले यती एयरमा सहुलियत पाउने 

अब मञ्चमा आवद्ध सदस्य उद्यमीहरुले यती एअरलाइन्सको जहाजमार्फत् आवतजावत गर्दा सहुलियत पाउनेछन् । युवा उद्यमीका विभिन्न प्रदेशमा हुने तालिम, सभा, सम्मेलन, गोष्ठी तथा कार्यक्रमहरुमा यात्रा गर्दा यती मोबाइल एप अथवा सदस्य कार्ड मार्फत् एयरलाइन्सको गन्तव्यहरुमा सहुलियत प्राप्त गर्न सक्नेछन् । यती स्काई–क्लब कार्यक्रममा सहकार्य गर्ने विषयमा पनि दुबै पक्षबीच सम्झौता भएको छ ।

कार्यक्रममा यती एयरलाइन्सका सीईओ रिमालले समृद्ध मुलुक निर्माणमा युवाहरुको महत्वपूर्ण भूमिका रहेको बताउँदै नेपालका युवा उद्यमीलाई अगाडि बढाउन यती एयरलाइन्स सधैं सहकार्य गर्न तयार रहेको बताए । भविष्यका दिनमा पनि युवा उद्यमीहरुलाई लक्षित गरी थप सहकार्य गर्दै जाने उनको भनाइ थियो ।

नेपाली युवा उद्यमी मञ्चका अध्यक्ष श्रेष्ठले युवाहरुलाई उद्यमको क्षेत्रमा अगाडि बढाउन यस्ता किसिमका सहकार्यले सहयोग हुने र देशभरका युवाहरुलाई जोड्न मद्दत पुग्ने विश्वास व्यक्त गरे । सन् २००३ मा स्थापित नेपाली युवा उद्यमी मञ्चमा हाल देशभर ७०० भन्दा बढी सक्रिय युवा उद्यमीहरु आबद्ध रहेका छन् ।


प्रकाशित : माघ ६, २०७८ १८:०१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?