कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २४४

दराज नेपालको प्रबन्ध निर्देशकमा आँचल कुँवर नियुक्त

काठमाडौँ — नेपालको अग्रणी अनलाइन बजार दराज नेपालले आँचल कुँवरलाई कम्पनीको पहिलो महिला प्रबन्ध निर्देशकको रूपमा नियुक्त गरेको छ । दराजका सीईओ बियार्के मिक्केलसेनले नियुक्तिको सूचना घोषणा गरेका हुन् ।  

दराज नेपालको प्रबन्ध निर्देशकमा आँचल कुँवर नियुक्त

कुँवरले कार्लसन स्कुल अफ म्यानेजमेन्टबाट एमबीए, गणित र अर्थशास्त्रमा सेन्ट क्लाउड स्टेट युनिभर्सिटी मिनेसोटाबाट बीएस सकाएर १३ वर्ष युएस कर्पोरेट क्षेत्रमा काम गरेको अनुभव संगालेकी छन् । उनीसँग कार्लसन वागोनलिट ट्राभल र इ–कमर्स अमेजनजस्ता विभिन्न प्रमुख कम्पनीहरूमा काम गरेको अनुभव छ । उनले स्वीडेन, पोल्याण्ड, साउदी अरब र इजिप्ट जस्ता नयाँ बजारहरूमा कम्पनी स्थापना गर्न सहयोग गरिन् । रिब्रान्डिङका साथ अघि बढेको दराज संचालित सबै देशहरूमा अब स्वदेशी प्रबन्ध निर्देशक (एमडी)हरू रहेको कम्पनीले जनाएको छ ।

प्रवन्ध निर्देशकमा नियुक्तिपछि कुँवरले भनिन्, 'नेपाली इ–कमर्स उद्योगमा दराजको द्रुत वृद्धि र प्रभाव टाढाबाट पनि स्पष्ट देखिन्छ, हाम्रा सबै ग्राहकहरूको किनमेल आवश्यकताहरूको लागि वान–स्टप समाधानको रूपमा दराजलाई स्थापित गर्नेछु ।'


प्रकाशित : माघ ५, २०७८ १८:२६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?