१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७०

माई पे वालेटबाट हवाई टिकट बुकिङ गर्दा १ हजारसम्म क्यासब्याक

काठमाडौँ — माई पे डिजिटल वालेटले आन्तरिक हवाई टिकट बुकिङ सेवा पनि थालेको छ । नेपालभित्र कुनै पनि गन्तव्यका लागि माई पे वालेटमार्फत हवाई टिकट बुकिङ गर्दा अधिकतम १ हजार रुपैयाँसम्म र न्यूनतम ५ प्रतिशत क्यासब्याक प्रदान गरिने कम्पनीले जनाएको छ ।

माई पे वालेटबाट हवाई टिकट बुकिङ गर्दा १ हजारसम्म क्यासब्याक

यो क्यासब्याक योजना अन्य कुनै पनि माध्यमबाट टिकट बुकिङमा पाइनेभन्दा धेरै रहेको कम्पनीको दावी छ । हाल यस माई पे वालेट मार्फत आन्तरिक एयरलाइन्सका टिकट बुकिङ गर्दा ३ हजार रुपैयाँसम्मको टिकट बुकिङमा ७ प्रतिशत र ३ हजार भन्दा माथिको टिकट बुकिङमा ५ प्रतिशत क्यासब्याक प्राप्त गर्न सकिन्छ ।

साथमा हरेक दिन माई पे मार्फत टिकट बुकिङ गर्नेमध्ये भाग्यशाली ३ जनालाई अतिरिक्त १० प्रतिशत क्यासब्याक समेत दिइने कम्पनीले जनाएको छ । यो योजना सीमित अवधिका लागि रहेको बताइएको छ । यसका साथै वालेट मार्फत अन्य जुनसुकै पहिलो भुक्तानी कारोबार गर्दा २५ प्रतिशत वा अधिकतम १०० रुपैयाँसम्म क्यासब्याक समेत प्राप्त गर्न सकिन्छ ।

डिजिटल कारोबारको परिभाषा नै परिवर्तन गर्ने लक्ष्यका साथ सेवा संचालनमा ल्याएको यस वालेट मार्फत ग्राहकले हवाई टिकट बुकिङसँगै मोबाइल टपअप, पानीको बिल भुक्तानी, फोनको बिल भुक्तानी, विद्युत् महसुल भुक्तानी, इन्टरनेटको बिल भुक्तानी, टेलिभिजनको बिल भुक्तानी, रिचार्ज पिन, डाटा प्याक, केबलकारको टिकट बुकिङ र बस टिकट बुकिङका सुविधाहरु समेत पाउने छन् । यसका साथै एक बैंक खाताबाट अर्काे खातामा मात्र १ रुपैयाामा रकम पठाउन सकिने सुविधा पनि छ ।


प्रकाशित : माघ ५, २०७८ १२:४४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?