कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

एचडी आईपीएस डिस्प्लेमा एक्यूफिटको डब्लू ६ स्मार्टवाच सार्वजनिक

काठमाडौँ — लामो समयदेखि प्रविधिमैत्री उत्पादनहरू बजारमा ल्याइरहेको टेक स्टुडियोले नयाँ ब्राण्डको स्मार्टवाच सार्वजनिक गरेको छ । कम्पनीले नेपालमा एक्यूफिट ब्राण्डको नयाँ स्मार्टवाच उपलब्ध गराएको हो । 

एचडी आईपीएस डिस्प्लेमा एक्यूफिटको डब्लू ६ स्मार्टवाच सार्वजनिक

यस स्मार्टवाचमा संगीत नियन्त्रण, कल र सन्देश नोटिफिकेसन, रिमाइन्डर, सामाजिक मिडिया सूचना र क्यामरा नियन्त्रणलगायतका सुविधा रहेको कम्पनीले जनाएको छ । डब्लू ६ स्मार्ट वाचलाई आईपी ६८ रेटिङको साथ प्रमाणित गरिएको छ, यसको अर्थ यो पानी र धुलो प्रतिरोधी छ । पसिना र पौडी खेल्दा घडीलाई कुनै नोक्सान हुँदैन ।

कम्पनीका अनुसार एक्यूफिट डब्लू ६ ले स्वास्थ्य र फिटनेस लक्ष्यहरूमा मद्दत गर्न प्रयोगकर्ताहरूको कदम, मुटुको गति, अक्सिजन स्तर, निद्राको गुणस्तर, क्यालोरी बर्न, र अन्य विषयहरु सक्रिय रुपमा जाँच गर्न सहयोग गर्दछ । एक्यूफिट डब्लू ६ ले फुटबल, ब्याडमिन्टन, स्विमिङ, दौड, हाइकिङ, योग, साइकल चलाउने, लगायत अन्य १५ विभिन्न स्पोर्ट्स मोडहरू समावेश गर्दछ ।

स्मार्ट वाचले रियलटेकको नयाँ जेनरेशन चिपसेटद्वारा संचालित २०० एमएएच पावरके ब्याट्री प्रदान गरेको छ। यो दैनिक प्रयोगको साथ ७ देखि १० दिन र स्ट्यान्डबाइमा ३० दिनसम्म रहन्छ । यसले कम ऊर्जा खपत गर्ने र ब्लुटुथ ५‍.० का साथ उच्च कार्यसम्पादन प्रदान गर्ने बाह्य उपकरणहरू समावेश रहेको कम्पनीको भनाइ छ । नेपाली बजारमा एक्यूफिट डब्लू ६ स्मार्ट वाचको सुरुवाती अफर मूल्य ४ हजार ९९९ रुपैयाँ तोकिएको छ र यो नेपालभर उपलब्ध छ ।


प्रकाशित : माघ ३, २०७८ १६:०६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?