खुकुरीको ‘स्पाइस्ड रम’ बजारमा

काठमाडौँ — नेपालको प्रिमियम रम ब्राण्ड ‘खुकुरी’ले नयाँ प्रडक्ट ‘खुकुरी स्पाइस्ड रम’ बजारमा ल्याएको छ । विगत ६० वर्षदेखि खुकुरीले ‘खुकुरी ट्रिपल एक्स रम’ नेपाल र अन्तर्राष्ट्रिय बजारमा बिक्री गर्दै आएको छ । ‘खुकुरी ट्रिपल एक्स रम’ प्रिमियम वर्गको मदिरामा पर्छ । 

खुकुरीको ‘स्पाइस्ड रम’ बजारमा

मका पारखीहरुले ‘खुकुरी रम’मा विभिन्न मसलाजन्य पदार्थको मिश्रण गरी त्यसलाई स्पाइस्ड बनाएर पिउने गरेका छन् ।ग्राहकहरुको सोही चाहनालाई ध्यानमा राखी खुकुरीले उत्कृष्ट सम्मिश्रणबाट तयार ‘खुकुरी स्पाइस्ड रम’ बजारमा ल्याइएको कम्पनीको भनाइ छ ।

कम्पनीका अनुसार यसअघिका वर्षहरुमा जापान र कोरियामा निर्यात हुने गरेको ‘खुकुरी स्पाइस्ड रम’ त्यहाँ रुचाइएकाले अहिले नेपाली बजारमा ल्याइएको हो । यो नयाँ स्वादको रम बजारमा उतार्नुअघि नेपालका विभिन्न क्षेत्र र विशेष गरी बुटवल र भैरहवामा ट्रायल गरिएको थियो । विशेष गरी ‘खुकुरी स्पाइस्ड रम’ निट वा कोलासँग पिउन ग्राहकहरुले औधी मन पराएको सो क्रममा पाइएको थियो ।

प्रिमियम ‘खुकुरी रम’को तुलनामा विभिन्न थप उत्कृष्ट पदार्थ प्रयोग हुने र उत्पादनको प्रक्रिया समेत लामो र केही फरक हुने भएकोले ‘खुकुरी स्पाइस्ड रम’को बजार मूल्य ‘खुकुरी ट्रिपल एक्स रम’को भन्दा केही बढी हुने उत्पादक कम्पनी ‘द नेपाल डिस्टीलरिज’का महाप्रबन्धक सुभास लामिछानेले जानकारी दिए । ‘यो प्रिमियम क्याटेगोरीको विशेष उत्पादन हो । त्यसैले स्वाद र गुणस्तरमा अझ विशेष छ’ महाप्रबन्ध लामिछानेले भने ।

विशेष रुपमा तयार गरिएको ‘स्पाइस्ड रम’ उत्पादन क्षमता र उत्पादन जटिलताले गर्दा सीमित परिमाणमा मात्र बजारमा जानेछ । चालु आर्थिक वर्षमा बढीमा ६ देखि ७ हजार केससम्म मात्र ‘स्पाइस्ड रम’ बजारमा पठाउन सकिने लामिछानेले जानकारी दिए । ‘स्पाइस्ड रम’को उत्पादन क्षमता आगामी वर्षदेखि भने बढाउन प्रयास गरिने उनको भनाइ छ ।


प्रकाशित : माघ २, २०७८ १७:३३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?