कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६६

मलेसियाबाट रेमिट्यान्स पठाउनेबारे एनआईसी एसिया बैंक र वर्ल्ड रेमिटबीच सम्झौता

काठमाडौँ — मलेसियाबाट नेपालमा रेमिट्यान्स पठाउनेगरी एनआईसी एसिया बैंक र वर्ल्ड रेमिटबीच सम्झौता भएको छ । यसअघि विश्वका ५० बढी मुलुकहरूबाट सहजै रकम पठाउन सकिने गरी यी दुई कम्पनीबीच साझेदारी भइसकेको छ । 

मलेसियाबाट रेमिट्यान्स पठाउनेबारे एनआईसी एसिया बैंक र वर्ल्ड रेमिटबीच सम्झौता

अब दक्षिणपूर्वी एसियाली देश मलेसियाबाट समेत वर्ल्ड रेमिटमार्फत नेपालका जुनसुकै बैंक खाता तथा जुनसुकै स्थानमा तुरुन्त रकम पठाउन सकिने गरी साझेदारी भएको छ । यो साझेदारीपछि मलेसियामा बस्दै आएका नेपालीले बिना झन्झट वर्ल्ड रेमिटको एप तथा वेबसाइटको प्रयोग गरी नेपालका कुनै पनि बैंक खातामा अनलाइनमार्फत तुरुन्त रकम पठाउन सकिनेछ ।

यसका अलावा विदेशबाट आफूले इच्छाएको व्यक्तिको नाममा रेमिट्यान्स पठाई देशभर छरिएर रहेका एनआईसी एसिया बैंकका १२ हजार भन्दा बढी रेमिट्यान्स एजेन्टहरूमार्फत सहज रुपमा नगद बुझ्न सकिने छ । साथै, अमेरिका, बेलायत, अस्ट्रेलिया, पोल्याण्ड, क्यानडा, डेनमार्क, फिनल्यान्ड, फ्रान्स, जर्मनी, न्यूजिल्यान्ड, नर्वे, रोमानिया, सिङ्गापुर लगायत विश्वका ५० भन्दा बढी देशबाट घरमै बसी सहज रुपमा रकम पठाउन सकिने व्यवस्था छ ।

बैंकले देशभर ३५८ शाखा कार्यालय, ४७३ एटीएम, ७० वटा विस्तारित काउन्टर एवं ८१ वटा शाखा रहित बैंकिङ्ग इकाईबाट सेवा प्रदान गर्दै आएको छ ।


प्रकाशित : माघ २, २०७८ १६:३३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?