कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३२१

 सिभिल बैंकको खाता खल्तीमा लिङ्क गर्दा १ सय बोनस र स्मार्टफोन उपहार पाइने 

काठमाडौँ — अनलाइन भुक्तानी सेवा प्रदायक कम्पनी खल्तीमा सिभिल बैंकको खाता लिङ्क गर्ने प्रयोगकर्ताले १ सय रुपैयाँ बोनस पाउने भएका छन् । साथै, हरेक महिना  एक जना भाग्यशाली प्रयोगकर्ताले सामसङ स्मार्टफोन जित्ने मौका पाउने छन् । 

 सिभिल बैंकको खाता खल्तीमा लिङ्क गर्दा १ सय बोनस र स्मार्टफोन उपहार पाइने 

यो बोनस अफर पहिलो पटक सिभिल बैंक अकाउन्ट खल्तीसँग लिंक गर्ने प्रयोगकर्ताहरुको हकमा मात्र लागू हुने छ । प्रयोगकर्ताले लिंक गर्न अगाडि केवाईसी भेरिफाइ गराउन पर्नेछ । केही सेकेण्डमै आफ्नो बैंक खाता लिंक गरी उक्त खाताबाट खल्तीमा बिना लोड भुक्तानी गर्न सकिने खल्तीले जनाएको छ ।

यो अफर प्रयोगकर्ताहरूलाई डिजिटल भुक्तानी प्रयोग गर्न प्रोत्साहित गर्न र वालेटमा नियमित रूपमा पैसा लोड गर्न लाग्ने समय लाई कम गर्न ल्याइएको कम्पनीको दावी छ । एक पटक प्रयोगकर्ताले बैंकलाई लिङ्क गरेपछि, यो सेवाले उनीहरूलाई वालेट लोड नगरी केही ट्यापहरूमा पानी, इन्टरनेट, बिजुली, सरकारी राजस्व र अन्य उपलब्ध सेवाको बिल भुक्तानी गर्न सहज बनाउँछ । १ सय रुपैयाँको बोनस अफर पुस ३० देखि फागुन १ सम्म लागू हुनेछ ।


प्रकाशित : माघ २, २०७८ १५:०५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?