कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

नर्भिकले आइतबारदेखि कोभिड ओपीडी सुरु गर्ने

काठमाडौँ — देशभर कोरोना संक्रमितको संख्या ह्वात्तै बढेसँगै नर्भिक इन्टरनेशनल हस्पिटलले ‘कोभिड ओपीडी क्लिनिक सेवा’ संचालन गर्ने निर्णय गरेको छ । नर्भिकका प्रमुख कार्यकारी अधिकृत अजयकुमार मिश्रकाअनुसार अस्पतालमा आउने अन्य बिरामीहरुलाई हुनसक्ने संभावित संक्रमणबाट बचाउने उद्देश्यले अस्पतालले मुख्य भवनभन्दा केही पर अलग्गै स्थानमा ‘कोभिड ओपीडी सेवा’ संचालन गर्न लागेको हो । 

नर्भिकले आइतबारदेखि कोभिड ओपीडी सुरु गर्ने

आइतबारदेखि नर्भिकको पार्किङ क्षेत्र नजिकै अलग्गै स्थानमा निर्मित भवनमा कोभिड ओपीडी सेवा संचालन हुनेछ । ओपीडीमा कोभिड भएका वा उस्तै लक्षण देखिएकालाई स्वास्थ्य समस्याको विषयमा गुणस्तरीय परामर्श सेवा दिइनेछ । छातीको फिजिसियनसहित विशेषज्ञहरुबाट परामर्श सेवा तथा अस्पताल भर्ना गर्नुपर्ने कोभिड संक्रमितहरुलाई त्यही रहेको कोभिड वार्ड तथा आइसियूमा राखी उपचार गरिने अस्पतालले जनाएको छ ।

यसअघि नर्भिक अस्पतालले कोभिड भइसकेकाहरुमा देखिने जटिल स्वास्थ्य समस्याको समयमै निराकरणमा सहयोग पुगोस् भन्ने उद्देश्यले ‘पोस्ट कोभिड प्याकेज’ कार्यान्वयनमा ल्याएको थियो ।


प्रकाशित : पुस ३०, २०७८ १८:५३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?