सेञ्चुरी क्यापिटलको प्रमुख कार्यकारी अधिकृतमा रमेश कुमार श्रेष्ठ नियुक्त- बजार - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

सेञ्चुरी क्यापिटलको प्रमुख कार्यकारी अधिकृतमा रमेश कुमार श्रेष्ठ नियुक्त

कान्तिपुर संवाददाता

काठमाडौँ — सेञ्चुरी क्यापिटल मार्केट्स लिमिटेडको प्रमुख कार्यकारी अधिकृतमा रमेशकुमार श्रेष्ठ नियुक्त भएका छन् । सेञ्चुरी बैंकको सहायक कम्पनी सेञ्चुरी क्यापिटल मार्केट्समा माघ २ गतेदेखि श्रेष्ठले पदभार ग्रहण गर्नेछन् । 

श्रेष्ठ यसअघि बैंकको प्रमुख बजार अधिकृतका रुपमा कार्यरत थिए । वाणिज्य शास्त्रमा स्नातकोत्तर गरेका उनले हिमालयन बैंक, सिद्धार्थ बैंक र सेञ्चुरी बैंकमा विभिन्न पदमा रही बैकिङ्ग क्षेत्रमा २० वर्षभन्दा बढीको अनुभव हासिल गरेका छन् । उनी संचालन, व्यवस्थापन तथा व्यवसाय प्रवर्द्धनमा विशेष दख्खल राख्ने एक अनुभवी तथा कुशल व्यवस्थापकको रुपमा चिनिन्छन् ।

प्रकाशित : पुस ३०, २०७८ १८:३२
प्रतिक्रिया
पठाउनुहोस्

प्रदेश १ मा ३ सय २४ संक्रमित थपिए, अस्पताल भर्ना हुनेको संख्या पनि बढ्यो

कान्तिपुर संवाददाता

विराटनगर — प्रदेश १ मा शुक्रबार एकै दिन १ सय ७० पुरुषसहित ३ सय २४ जना संक्रमित देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । संक्रमितमध्ये आधाभन्दा बढी विराटनगरका छन् । बुधबार र बिहीबार सार्वजनिक रिपोर्टमा ४ सय ८३ संक्रमितमध्ये २ सय ३३ जना (४८.२४) प्रतिशत विराटनगरकै थिए ।

शुक्रबार थपिएकामध्ये १ सय ६४ विराटनगरका, बाँकी २२ मोरङका विभिन्न गाउँनगरका, ४५ झापाका, ६८ सुनसरीका, ७ जना प्रदेशका विभिन्न जिल्ला र १८ जना प्रदेश १ मा बस्ने बाहिरी जिल्लाका छन् । प्रदेशमा ७ सय ४३ को परीक्षण हुँदा ३ सय २४ (४३.६० प्रतिशत) संक्रमित देखिएका हुन् ।

मन्त्रालयका अनुसार शुक्रबार प्रदेशका विभिन्न अस्पतालमा उपचार गराइरहेका २९ संक्रमितमध्ये २ जना जेनरल बेडमा, १७ आईसीयूमा, ६ भेन्टिलेटरमा र ४ एचडीयू बेडमा छन् । यो संख्या बिहीबारसम्म १६ जनामा सिमित थियो । प्रदेशका विभिन्न अस्पतालहरूमा सबै खाले गरी संक्रमितका लागि ९ सय ८० बेडको व्यवस्था रहेको मन्त्रालयले जनाएको छ ।

प्रदेशमा होम आइसोलेसनमा रहेकाको संख्या बढेर शुक्रबार १ हजार १ सय १४ पुगेको छ । बिहीबारसम्म यो संख्या ८ सय २२ थियो । यस्तै मन्त्रालयद्वारा शुक्रबार सार्वजनिक एन्टिजेन परीक्षणको रिपोर्टमा ३ सय ३ मध्ये ५५ जना संक्रमित देखिएका छन् । मन्त्रालयको बुधबार र बिहीबारको प्रतिवेदनमा प्रदेशभर ५ सय ७४ जनाको एन्टिजेन परीक्षण हुँदा ८१ संक्रमित देखिएका थिए ।

प्रकाशित : पुस ३०, २०७८ १८:२९
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×