कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २१८

पाल्पा सिमेन्टसँगको सहकार्यमा सुष्मा मेमोरियल अस्पतालले १८ वर्ष मुनिका जलन पीडितको नि:शुल्क उपचार गर्ने

काठमाडौँ — सुष्मा कोइराला मेमोरियल अस्पतालले नेपालभरका १८ वर्ष मुनिका एसिडलगायत जलनबाट पीडितहरुको नि:शुल्क उपचार गर्न पाल्पा सिमेन्ट इन्डष्ट्रिजसँग सम्झौता गरेको छ । एसिडलगायत जलनबाट पीडितको नि:शुल्क उपचारका लागि निजी क्षेत्रबाट वार्षिक ६० लाख रुपैयाँ सहयोग उपलब्ध गराउने सम्झौता भएको हो । 

पाल्पा सिमेन्टसँगको सहकार्यमा सुष्मा मेमोरियल अस्पतालले १८ वर्ष मुनिका जलन पीडितको नि:शुल्क उपचार गर्ने

सम्झौतामा पाल्पा सिमेन्टका तर्फबाट कार्यकारी निर्देशकद्वय विष्णुकुमार अग्रवाल र राजेशकुमार अग्रवाल तथा अस्पतालका निर्देशक डा. सन्तोष भण्डारी र पीडितका लागि सहयोग उपलब्ध गराउन सक्रिय उज्वलविक्रम थापाबीच हस्ताक्षर भएको हो । पाल्पा सिमेन्टले अस्पताललाई उपलब्ध गराउने रकमबाट पीडितको नि:शुल्क उपचार हुनेछ ।


प्रकाशित : पुस ३०, २०७८ १६:५५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?