सामसङले ल्यायो ग्यालेक्सी 'एस २१ एफई ५ जी'- बजार - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

सामसङले ल्यायो ग्यालेक्सी 'एस २१ एफई ५ जी'

कान्तिपुर संवाददाता

काठमाडौँ — सामसङले २०२२ को आफ्नो पहिलो प्रमुख ग्यालेक्सी उत्पादन एस २१ एफई ५ जी बजारमा प्रस्तुत गरेको छ । ग्यालेक्सी एस २१ का प्रिमियम गुणहरुको भरपुर शक्ति भएको ग्यालेक्सी एस २१ एफई ५ जी नयाँ डिजाइन, शक्तिशाली कार्यक्षमता, प्रो–श्रेणीको क्यामरा र कठिनाइरहित इकोसिस्टम सम्पर्क क्षमताका साथ उपलब्ध रहेको सामसङले जनाएको छ । 

सामसङ मोबाइल नेपालका बिजनेस प्रमुख प्रणय रत्न स्थापित भन्छन् ‘सर्वोत्तम श्रेणीको त्रि–क्यामरा, ६.४ इन्चको एफएचडीका साथै अद्वितीय एमोलेड डिस्प्ले, १२० हर्जको रिफ्रेस दर एवम् शक्तिशाली प्रोसेसरयुक्त ग्यालेक्सी एस २१ एफई ५जीले युवालाई बेग्लै आनन्दित बनाउने छ । यसको रङ्ग र डिजाइनले मन पनि जित्नेछ ।’

यसमा तीनवटा क्यामरा जडान गरिएको छ । यसको पृष्ठ भागमा उच्चतम श्रेणीको १२ एमपी (युडब्लु) +१२ एमपी (डब्लु) +८ एमपी (टेली) क्यामरा छन् । यसमा ३२ एमपी क्षमताको अग्र क्यामरा छ । प्रो–श्रेणीको क्यामरा प्रणालीमा दोहोरो रेकर्डिङ, पोट्रेट मोड, विस्तारित रात्रि मोड र ३० गुनासम्म नजिक जूम सुविधा छन् ।

६.४ इन्चको एफएचडी प्लस डाइनामिक एमोलेड डिस्प्ले रहेको यो फोन अत्यन्त सजिलो १२० हर्ज रिफ्रेस दर, २४० हर्ज टच स्याम्प्लिङ दरयुक्त छ । सजिलो स्क्रोलिङ्ग अनुभवको लागि एआईमा आधारित ब्लु लाइट नियन्त्रण छ जसले आँखालाई बिझाउन दिँदैन । यस्तै ५ एनएम एक्जिनस २१०० प्रोसेसर र ४५०० एमएएच ब्याट्री भएको ग्यालेक्सी एस२१ एफई ५ जीले अधिकतम उच्च गति र निर्वाध कार्य क्षमताको सुनिश्चितता प्रदान गर्दछ । यो ताररहित पावर सेयर र ताररहित छिटो चार्ज हुने २.०का साथ उपलब्ध छ र यसले २५ वाट तीव्र चार्जलाई साथ दिन्छ । आईपी ६८ रेटिङ्गले स्मार्टफोनलाई धुलो र पानी प्रतिरोधक बनाएको छ । ग्यालेक्सी एस २१ एफई ५ जी दिनभर चल्ने ब्याट्री र वाईफाई ६ सम्पर्क क्षमताका साथ उच्चतम शक्ति, गति र कार्य क्षमतासहित उपलब्ध छ ।

यो ग्राफाइट, लाभेन्डर, र अलीभ गरी तीन रङमा उपलब्ध छ । यो फोन ८+२५६ जिबी भेरियन्टको मूल्य ८९ हजार ९९९ तोकिएको छ । यो फोन सामसङका सीमित ब्राण्ड स्टोर तथा रिटेल स्टोरहरुबाट खरिद गर्न सकिने कम्पनीले जनाएको छ ।


प्रकाशित : पुस २९, २०७८ १८:५३
प्रतिक्रिया
पठाउनुहोस्

शिल्पीलाई नाटकघर बनाउन सुन्दरहरैंचा नगरपालिकाले दियो जग्गा 

कान्तिपुर संवाददाता

काठमाडौँ — मोरङको सुन्दरहरैंचा नगरपालिकाले शिल्पी थिएटरलाई नाटकघर निर्माणका लागि पाँच कठ्ठा जग्गा प्रदान गरेको छ । नगरप्रमुख शिवप्रसाद ढकाल, प्रशासकीय अधिकृत विनोद भट्टराईले थिएटरका संस्थापक एवं रंगकर्मी घिमिरे युवराजलाई भेटी थिएटरका लागि जग्गा हस्तान्तरण गरेका हुन् । 

'यो शिल्पीका लागि एकदम ठूलो खुसीको विषय हो,’ घिमिरेले मोरङबाट आफ्नो खुसी साटे, ‘लामो समयदेखि आफ्नो ठाउँ खोजिरहेका थियौं । काठमाडौंमा चुनौती छ । तर‚ त्यो काठमाडौंको नाटकघर भत्कियो भने कहीँ न कहीँ त हुनुपर्‍यो । यो एउटा ठाउँ भयो । रंगकर्ममा लागेका साथीहरूलाई पनि भरोसा भयो ।'

त्यस ठाउँमा २ सय ५० को दर्शक क्षमता भएको नाटकघर र ५ सय क्षमताको 'ओपन इयर' थिएटर बनाइने उनले बताए ।

'राजनीतिक रुपमा संघीयतामा जाने ठूला-ठूला कुरा हुन्छन् । स्थानीय सरकारले भाषा, संस्कृति र पहिचानका लागि यो निर्णय लियो । क्षेत्रीय स्तरमा जे अभ्यास भइरहेको छ, यो एउटा प्रयोगजस्तो हो । '

प्रकाशित : पुस २९, २०७८ १८:४९
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×