क्रिकेट एक्सलेन्स सेन्टरलाई बजाजकाे प्रायोजन- बजार - कान्तिपुर समाचार

क्रिकेट एक्सलेन्स सेन्टरलाई बजाजकाे प्रायोजन

कान्तिपुर संवाददाता

काठमाडौँ — नेपालका लागि बजाज मोटरसाइकलको आधिकारिक वितरक हंसराज हुलासचन्द एण्ड कम्पनीले क्रिकेट एक्सलेन्स सेन्टर (सीईसी)लाई प्रायोजन गर्ने सम्झौता गरेको छ । यसपछि क्रिकेट एक्सलेन्स सेन्टरको नाम परिवर्तन भई पल्सर क्रिकेट एक्सलेन्स सेन्टर हुनेछ ।

हस्ताक्षर समारोहमा बोल्दै गोल्छा ग्रुपका निर्देशक अभिमन्यु गोल्छाले पछिल्ला वर्षहरूमा क्रिकेटप्रति नेपाली युवाहरूको रुचि बढेको बताउँदै बजाज पल्सरले नेपालमा खेलकुदलाई सधै प्रवर्द्धन गर्दै आइरहेको उल्लेख गरे । उनले भने ‘यो सहकार्यले पक्कै देशभरबाट थप गुणस्तरीय क्रिकेटरहरू उत्पादन गर्न मद्दत गर्नेछ । बजाज पल्सर नेपालमा खेलकुदको विकासका लागि सदैव प्रतिबद्ध छ र रहिरहनेछ ।’

क्रिकेट एक्सलेन्स सेन्टर (सीईसी) क्रिकेटरहरूलाई व्यावसायिक प्रशिक्षण प्रदान गर्ने निजी एकेडेमी हो, जसले घरेलु खेलाडीहरू विकास गर्ने र क्रिकेटमा व्यावसायिक करियरको लागि मार्गदर्शन गर्ने लक्ष्य राख्दछ ।


प्रकाशित : पुस २८, २०७८ १९:३४
प्रतिक्रिया
पठाउनुहोस्

नर्भिक अस्पतालले ५० प्रतिशत बोनस सेयर दिने 

कान्तिपुर संवाददाता

काठमाडौँ — हालै पब्लिक कपनीमा रुपान्तरण भएको नर्भिक अस्पतालले गत आर्थिक वर्षको नाफाबाट ५० प्रतिशत बोनस सेयर वितरण गर्ने भएको छ । पब्लिकमा गएपछिको पहिलो वार्षिक साधारणसभा(एजीएम)ले ५० प्रतिशत बोनस सेयर वितरणको प्रस्ताव पारित गरेको हो ।  

सर्वसाधारणलाई आइपीओ निष्कासनको समेत तयारीमा रहेको नर्भिकको हालको चुक्ता पुँजी १५ करोड रुपैयाँ छ । ५० प्रतिशत बोनस सेयर वितरणपछि चुक्ता पुँजी बढेर २२ करोड ५० लाख रुपैयाँ पुग्नेछ । एजीएमले हाल ३० करोडमा सीमित अधिकृत पुँजीलाई बढाएर १ अर्ब पुऱ्याउने प्रस्ताव समेत पारित गरेको छ । नर्भिक अस्पतालले आर्थिक वर्ष २०७७/७८ मा ८ करोड ५६ लाख खूद मुनाफा आर्जन गरेको थियो । सोही मुनाफाबाट ५० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि आवश्यक नगद लाभांश समेत व्यवस्थापन हुने बताइएको छ ।

साधारणसभामा संचालक समिति अध्यक्ष राजेन्द्रबहादुर सिंहले संचालक समितिको वार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए । सो क्रममा अध्यक्ष सिंहले कोरोना भाइरस महामारीको बेला समेत अस्पतालले सन्तोषजनक प्रगति गरेको जानकारी दिएका थिए ।

अस्पतालमा हालै आईभीएफ सेन्टर संचालनमा आएको, निकट भविष्यमै अन्तर्राष्ट्रिय स्तरको स्किन सेन्टर स्थापनाको तयारी भइरहेको, हस्पिटल व्यवस्थापनका लागि आधुनिक सफ्टवेयर निर्माण गरी प्रयोगमा ल्याइने, अस्पतालका सेवालाई आधुनिकीकरण गर्दै लैजाने, हस्पिटल सेवा विस्तारका लागि नयाँ भवन निर्माण प्रक्रिया अगाडि बढाउने र सर्वसाधारणका लागि सेयर निश्कासनको प्रक्रिया अगाडि बढाइने कार्ययोजना उनले प्रस्तुत गरेका थिए ।


प्रकाशित : पुस २८, २०७८ १९:२४
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×