कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९१

खल्ती प्रयोगकर्ताको लागि  वर्ल्डलिंकको फ्री वाईफाई 

काठमाडौँ — नेपालको प्रचलित अनलाइन भुक्तानी सेवा प्रदायक कम्पनी खल्तीले ‘खल्ती मा १०० जीबी’ अफर  ल्याएको छ । जसअन्तर्गत खल्ती प्रयोगकर्ताले वर्ल्डलिंकका १४ हजार बढी हटस्पटहरुमा  १०० जीबी फ्री वाईफाई ३० दिनको लागि प्रयोग गर्न सक्नेछन् ।

खल्ती प्रयोगकर्ताको लागि  वर्ल्डलिंकको फ्री वाईफाई 

१०० जीबी फ्री वाईफाई एक्टिभेट गर्नु अघि खल्ती प्रयोगकर्ताले वर्ल्डलिङ्कको फ्री वाईफाईका लागि दर्ता भने गरेको हुनुपर्नेछ । दर्ता गरे पश्चात ‘खल्ती’ एपको ‘पपुलर सर्भिसेस’ मा रहेको ‘खल्ती मा १०० जीबी’ आइकनमा गई ‘गेट १०० जीबी फ्री वाईफाई’मा ट्याप गरी एक्टिभेट गरेपछि आउँदो ३० दिनसम्म फ्री वाईफाई प्रयोग गर्न सकिनेछ ।

प्रयोगकर्ताको दर्ता गरिएको खल्ती आईडी र वर्ल्डडलिंक फ्री वाइफाइमा दर्ता आईडी भने एउटै हुनुपर्नेछ । यो अफर पुस २७ देखि माघ २६ सम्म लागू हुने खल्तीले जनाएको छ ।

प्रकाशित : पुस २८, २०७८ १९:१४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?