शिवम् सिमेन्टद्वारा निर्माणकर्मीलाई ५ लाख बराबरको जोखिम बीमा

काठमाडौँ — शिवम् सिमेन्टले दैनिक निर्माण कार्यमा खटिने निर्माणकर्मीका लागि ५ लाख बराबरको जोखिम बीमा गरिदिएको छ । निर्माणकर्मीले हरेक दिन जोखिमपूर्ण कार्यहरु गर्दै आइरहेको जनाउँदै शिवम् सिमेन्टले नि:शुल्क दुर्घटना बीमा योजना ल्याएको हो । देशका विभिन्न स्थानमा सम्पन्न प्राविधिक अन्तक्र्रिया कार्यक्रममा सहभागी हरेक निर्माणकर्मीको लागि कम्पनीले ५ लाख बराबरको जोखिम बहन गर्ने गरी बीमा गरिदिएको छ । 

शिवम् सिमेन्टद्वारा निर्माणकर्मीलाई ५ लाख बराबरको जोखिम बीमा

हालसम्म कम्पनीले ५२ स्थानहरुमा रहेका ३ हजार ४५ निर्माण कर्मीहरुसँग निर्माण सम्बन्धी प्राविधिक अन्तर्क्रिया कार्यक्रम सम्पन्न गरेको छ । उक्त कार्यक्रममा उपस्थित निर्माणकर्मीहरुलाई दक्ष एवम् अनुभवी प्राविधिकद्वारा सिमेन्ट सम्बन्धी जानकारी, निर्माण सामग्रीको गुणस्तर मापन तथा छनोट प्रक्रिया, निर्माण सम्बन्धी समस्याहरुको समाधानका उपाय र सिमेन्ट भण्डारण सम्बन्धी विस्तृत जानकारी गराइएको थियो । साथै उपस्थित ३ हजार ४५ निर्माण कर्मीहरुलाई दैनिक कार्यमा आवश्यक पर्ने सामान, ब्याग, टिफिन बक्स समेत हस्तान्तरण गरिएको थियो ।

शिवम् सिमेन्टले विभिन्न चरणमा आफ्नो बिक्रि क्षेत्र अन्तर्गत संखुवासभा, सुनसरी, मोरङ, ओखलढुङ्गा, सिराहा, सप्तरी, महोत्तरी, धनुषा, चितवन, मकवानपुर, बारा, पर्सा, रौतहट, गोरखा, तनहु, बाग्लुङ, बेनी, स्याङ्जा, धादिङ, नुवाकोट, काठमाडौं, ललितपुर तथा भक्तपुर लगायत जिल्लाहरुको विभिन्न ५२ स्थानमा निर्माण परामर्श कार्यक्रम संचालन गरिसकेको छ ।

हेटौंडामा स्थापित यस उद्योगले अत्याधुनिक जर्मन प्रविधि उक्त प्लान्टबाट आफ्नै चुनढुङ्गाको प्रयोग गरी उच्च गुणस्तरको क्लिंकर र ४३ तथा ५३ ग्रेडको सिमेन्ट उत्पादन तथा बिक्री वितरण गर्दै आएको छ ।


प्रकाशित : पुस २८, २०७८ १९:०४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?